ओलीको उद्देश्य कम्युनिस्ट आन्दोलन विघटन गर्नु हो, त्यसलाई असफल पारिन्छ : नेता भुसाल « Khabarhub

ओलीको उद्देश्य कम्युनिस्ट आन्दोलन विघटन गर्नु हो, त्यसलाई असफल पारिन्छ : नेता भुसाल


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका निर्वाचित उपमहासचिव घनश्याम भूसालले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन विघटन गर्न खोजेको तर त्यसलाई सफल हुन नदिइने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भूसालले एकतर्फी रुपमा केन्द्रीय सदस्य मनोनित गर्ने तथा महाधिवेशनको मिति तोक्ने पछिल्लो निर्णयबाट ओलीले यसलाई थप पुष्टि गरेको बताए ।

‘केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । उहाँले त्यही गर्दै आउनुभएको छ ।’ भुसालले लेखेका छन्, ‘आजको घटनाबाट उहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनु भएको छ । त्यसका लागि उहाँलाई धन्यवाद छ । तर उहाँले बुझ्न एउटा कुरा बाँकी छ–कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न दिइने छैन, उहाँलाई असफल पारिनेछ ।’

ओलीले शुक्रबार बालुवाटारमा केन्द्रीय कमिटीको एकपक्षीय बैठक राख्दै उपमहासचिव भूसालसहित माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका थिए ।

ओली समूहल आफूनिकट र माओवादी केन्द्रबाट गएका नेताहरुलाई प्रदेशमा जिम्मेवारी दिँदै आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् 

केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म वहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको…

Posted by Ghanashyam Bhusal on Friday, March 12, 2021

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ७ : ४० बजे

जेन-जी आन्दोलनका २९ घाइतेको बयान : बिना चेतावनी प्रहरीले गोली चलायो 

काठमाडौं– गत भदौ ३ र २४ गते राजधानीका विभिन्न स्थानमा

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।

थरीथरी पोशाकमा सजिएर शपथ लिन पुगे सांसद (तस्बिरहरू)  

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला

उपत्यका विकास प्राधिकरणले भन्यो-सूचना दिँदा पनि अटेर गरेकाले डोजर चलायौँ

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँका अतिक्रमित जग्गामा बनाइएका संरचना