साउदीमा आप्रवासी श्रमिकले कोरोना भ्याक्सिनका लागि ‘सेहहाटी’ एपमार्फत नाम दर्ता गर्न सक्ने « Khabarhub

साउदीमा आप्रवासी श्रमिकले कोरोना भ्याक्सिनका लागि ‘सेहहाटी’ एपमार्फत नाम दर्ता गर्न सक्ने


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य रहेको साउदीले कोरोना भ्याक्सिनको सहज र सुलभ उपलब्धताका लागि सेहहाटी(sehhaty) नामक एप सञ्चालनमा ल्याएको छ ।

अब यो एप डाउनलोड गरी साउदी नागरिक तथा आप्रवासी श्रमिकहरुले पनि सहजै कोरोना भ्याक्सिनका लागि आफ्नो नाम दर्ता गरी निशुल्क भ्याक्सिन लगाउन सक्ने भएका छन् ।

साउदीको स्वास्थ्य मन्त्रालयका अनुसार एपमै आफू नजिकको भ्याक्सिन सेन्टर, अनुकुल मिति र समय रोजेर अपोइन्टमेन्ट बुक गर्न सकिने जनाएको छ ।

बुक गरिएको अस्पतालको लोकेशन लिंक उपलब्ध हुनेछ । साथै दोस्रो डोज लिन पाइने मिति र समय पनि दर्ता गरेपछि एकैसाथ प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक र निजी क्षेत्रहरूमा स्वास्थ्य सेवा प्रदायकहरूको सहभागितासहित राज्यका सबै क्षेत्रमा थप खोप केन्द्रहरू सुरु गर्न खोजेको जनाएको छ ।

गत डिसेम्बरदेखि शुरू भएको राष्ट्रिय खोप अभियानको विस्तारका लागि देशभरिका अल-दावा फार्मेसीहरू र अन्य फार्मेसीहरूमार्फत पनि कोरोना खोप उपलब्ध हुने साउदीका स्वास्थ्य मन्त्री डा. तौफिक अल-रबियाहलाई उदृत गर्दै स्थानीय संचार माध्यमले जनाएको छ ।

मन्त्रालयको कल सेन्टर नम्बर ९३७ मा सम्पर्क गरी भ्याक्सिनको बारेमा कुनै पनि किसिमको जिज्ञासा राख्न सकिने मन्त्रालयले जनाएको छ ।

यसअघि साउदी सरकारले ६० वर्षमाथिका र अग्र भागमा रहेर कोरोनाविरुद्ध काम गरिरहेकाहरुलाई मात्र खोप उपलब्ध गराउँदै आएको थियो ।

साउदी सरकारको यो निर्णयसँगै अब नेपाली श्रमिकले पनि सहज रुपमा खोप पाउने छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १० : १५ बजे

बालुवाटार बैठकमा सुरक्षा निकायका प्रमुखले के भने ?

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बोलाएको सर्वपक्षीय बैठकमा आगामी फागुन

सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छ : मन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले खेतीयोग्य गाउँकोजस्तै सहरी

कोइराला परिवारका यी तीन : फेरि फुट्छन् या मिलेर अघि बढ्छन् ?

काठमाडौं– जेन–जी आन्दोलनपछि देशकै ठूलो दल नेपाली कांग्रेसभित्र चलेको पन्ध्रौँ

उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौं–  उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र बाहिर