साउदीमा आप्रवासी श्रमिकले कोरोना भ्याक्सिनका लागि ‘सेहहाटी’ एपमार्फत नाम दर्ता गर्न सक्ने « Khabarhub

साउदीमा आप्रवासी श्रमिकले कोरोना भ्याक्सिनका लागि ‘सेहहाटी’ एपमार्फत नाम दर्ता गर्न सक्ने


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य रहेको साउदीले कोरोना भ्याक्सिनको सहज र सुलभ उपलब्धताका लागि सेहहाटी(sehhaty) नामक एप सञ्चालनमा ल्याएको छ ।

अब यो एप डाउनलोड गरी साउदी नागरिक तथा आप्रवासी श्रमिकहरुले पनि सहजै कोरोना भ्याक्सिनका लागि आफ्नो नाम दर्ता गरी निशुल्क भ्याक्सिन लगाउन सक्ने भएका छन् ।

साउदीको स्वास्थ्य मन्त्रालयका अनुसार एपमै आफू नजिकको भ्याक्सिन सेन्टर, अनुकुल मिति र समय रोजेर अपोइन्टमेन्ट बुक गर्न सकिने जनाएको छ ।

बुक गरिएको अस्पतालको लोकेशन लिंक उपलब्ध हुनेछ । साथै दोस्रो डोज लिन पाइने मिति र समय पनि दर्ता गरेपछि एकैसाथ प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक र निजी क्षेत्रहरूमा स्वास्थ्य सेवा प्रदायकहरूको सहभागितासहित राज्यका सबै क्षेत्रमा थप खोप केन्द्रहरू सुरु गर्न खोजेको जनाएको छ ।

गत डिसेम्बरदेखि शुरू भएको राष्ट्रिय खोप अभियानको विस्तारका लागि देशभरिका अल-दावा फार्मेसीहरू र अन्य फार्मेसीहरूमार्फत पनि कोरोना खोप उपलब्ध हुने साउदीका स्वास्थ्य मन्त्री डा. तौफिक अल-रबियाहलाई उदृत गर्दै स्थानीय संचार माध्यमले जनाएको छ ।

मन्त्रालयको कल सेन्टर नम्बर ९३७ मा सम्पर्क गरी भ्याक्सिनको बारेमा कुनै पनि किसिमको जिज्ञासा राख्न सकिने मन्त्रालयले जनाएको छ ।

यसअघि साउदी सरकारले ६० वर्षमाथिका र अग्र भागमा रहेर कोरोनाविरुद्ध काम गरिरहेकाहरुलाई मात्र खोप उपलब्ध गराउँदै आएको थियो ।

साउदी सरकारको यो निर्णयसँगै अब नेपाली श्रमिकले पनि सहज रुपमा खोप पाउने छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १० : १५ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग