जब प्रदेश २ का प्रमुख झाले कक्षा १ का विद्यार्थीलाई पढाए « Khabarhub

जब प्रदेश २ का प्रमुख झाले कक्षा १ का विद्यार्थीलाई पढाए


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश २ का प्रमुख डा राजेश झाले जनकपुरको एक विद्यालयको निरीक्षण गर्ने क्रममा कक्षा १ का विद्यार्थीलाई पढाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ९ स्थित श्री सरस्वती उच्च माविको कक्षा १ का बालबालिकालाई प्रदेश प्रमुख झाले पढाएका हुन् ।

शुक्रवार दिउँसो करिब १ बजे अचानक विद्यालय पुगेका प्रदेश प्रमुख झाले आफूले कक्षा १ का बच्चाहरुको कक्षामा केही समय बिताउन चाहेको इच्छा व्यक्त गरेका थिए ।

मुलुककै पुरानो विद्यालयको रुपमा चिनिने जनकपुरधामको ऐतिहासिक सरस्वती माविमा पुगेर कक्षा १ का बच्चाहरुलाई उनले आधा घण्टा पढाएका थिए ।

देश निर्माणमा अहम भूमिका खेलेका विभिन्न क्षेत्रका हस्तीहरु सो विद्यालयको कक्षा १ बाटै शिक्षादीक्षा आर्जनको थालनी गरेकाले सोही कक्षामा केहि समय बिताउन चाहेको उनले बताए ।

‘यो विद्यालय त्यही हो, जहाँ नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, वर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेल, कांग्रेस उपसभापति विमलेन्द्र निधी, पूर्व गर्भनर सत्य प्यारा श्रेष्ठ र केयुका उपकुलपति सुरेशराज शर्मा जस्ता दर्जनौं हस्तीहरु उत्पादन भएका छन् । तर, यस्ता व्यक्ति उत्पादन गर्ने विद्यालय आज जर्जर अवस्थामा पुगेको छ ।’ उनले भने ।

२००४ सालमा स्थापना भएको विद्यालयमा हाल ८ सय ५० जना विद्यार्थी विद्यालयको कक्षा १२ सम्म अध्ययनरत छन् । २०७२ सालको महाभूकम्पपछि विद्यालयको मुख्य भवन प्रयोग विहिन भएपनि पुनर्निर्माणमा कसैको ध्यान जान सकेको छैन । तीन विघा १९ कठ्ठा क्षेत्रफलमा रहेको विद्यालयमा २०७०\०७१ तथा ०७३/०७४ मा नयाँ भवन बनाइए पनि पुरानो ऐतिहासिक भवन विनाश हुने अवस्थामा पुगेको छ ।

विद्यालयका प्रधानाध्यापक सत्यनारायण मण्डलले विद्यालयमा प्रदेश प्रमुखको आगमनले शिक्षकहरूमा देखिएका कमी कमजोरीसमेत उजागर भएको र यसले त्यसलाई सुधार्ने प्रेरणा मिलेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : २९ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन