मातृभाषालाई सरकारी कामकाजको भाषासरह मान्यता दिन माग राख्दै ललितपुरमा मार्चपास « Khabarhub

मातृभाषालाई सरकारी कामकाजको भाषासरह मान्यता दिन माग राख्दै ललितपुरमा मार्चपास


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भाषिक प्रतिगमनविरुद्ध ललितपुर महानगरपालिकाको पुल्चोकदेखि मंगलबजारसम्म ‘मातृभाषा मार्च’ भएको छ ।

शुक्रबार दिउँसो भएको मार्च पासमा सहभागीले फरक–फरक भाषामा नाराहरू लेखिएका ब्यानरसहित मातृभाषालाई सरकारी कामकाजको भाषासरह मान्यता दिन माग गरे ।

जनकवि दुर्गालाल श्रेष्ठको कविता ‘जातिको ज्यान हो भाषा’ एकसाथ वाचन गर्दै भाषिक दमनको विरोधमा अभियन्ताहरूले ‘मातृभाषा मार्च’ गरेका हुन् ।

दुई साताअघि बालाजु प्रहरी वृत्तमा मातृभाषा बोलेकै कारण पक्राउ परेका अभियन्ता सुमन सायमी पनि शुक्रबारको मार्चमा सहभागी थिए । लेखक खगेन्द्र संग्रौला, तुलानारायण शाह, अमृत योन्जन, अरुणदेव जोशी, बालकृष्ण माबुहाङलगायत अभियन्ताहरू पनि मातृभाषा मार्चमा उपस्थित रहे ।

नेपाल मातृभाषाका ८४ वर्षीय जनकवि श्रेष्ठको कविता वाचन गर्दै अभियन्ताहरु पुलचोकदेखि मंगलबजार पुगे । मंगलबजारमा कोणसभामा परिणत भएको प्रदर्शनमा कविता वाचन, मन्तव्य र नाराहरू प्रस्तुत गरिएको थियो ।

बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार संघर्ष समिति, भाषिक अधिकार संघर्ष समिति, आदिवासी जनजाति महासंघलगायत एक दर्जन संस्थाले एकीकृत मार्च गर्ने तयारीअनुसार मातृभाषा मार्च भएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : ४५ बजे

जेन-जी आन्दोलनका २९ घाइतेको बयान : बिना चेतावनी प्रहरीले गोली चलायो 

काठमाडौं– गत भदौ ३ र २४ गते राजधानीका विभिन्न स्थानमा

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।

थरीथरी पोशाकमा सजिएर शपथ लिन पुगे सांसद (तस्बिरहरू)  

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला

उपत्यका विकास प्राधिकरणले भन्यो-सूचना दिँदा पनि अटेर गरेकाले डोजर चलायौँ

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँका अतिक्रमित जग्गामा बनाइएका संरचना