पहाडी भेगमा अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना « Khabarhub

पहाडी भेगमा अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि  देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको छ ।

देशका अधिकांश भू-भागहरूमा आंशिकदेखि सामान्य बदली  रहेको छ । देशका धेरै स्थानहरूमा तुँवालो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

चैत्र ३० गते (सोमवार)

दिउँसो:  सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा  रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू-भागमा तुँवालोको असर रहने छ।

राति :  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ ।

चैत्र ३१ गते (मंगलवार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ ।  पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ ।

२०७८ बैशाख १ गते (बुधबार)

दिउँसो:  सुदूपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।  पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ७ : २५ बजे

मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो

बागमती– पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या

सात पालिकाको नवप्रवर्तनका लागि कर्णाली सरकारको तीन करोड ४० लाख

कर्णाली– कर्णाली प्रदेश सरकारले सात पालिकाको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

काठमाडौं– जरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित (छुसाङ–तेताङ) गाउँबीच प्राकृतिक स्रोत

‘बखान’ उपन्यास पुरस्कृत

चितवन– यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार