कांग्रेस केन्द्रीय समिति बैठक बस्दै | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा छलफल केन्द्रित हुने नेता भिमसेनदास प्रधानले जानकारी दिए ।

आइतबार बसेको पदाधिकारी बैठकले आजको बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजनबारे छलफल गर्ने तय भएको नेताहरूले बताएका छन् ।

पदाधिकारी बैठकमा कार्यव्यस्तताको कारण देखाउँदै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने अनुपस्थित थिए।

यसअघि २० चैतको बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता बाँड्ने निर्णय गरे पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ९ : १० बजे

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।

सिजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न

काठमाडौं– सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको

रुसको लेनिनग्रादमा रेल दुर्घटना, एक जनाको मृत्यु

मस्को– रुसको लेनिनग्रादमा आइतबार बिहान दुईवटा रेल आपसमा ठोक्किएर भएको

राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आइतबार स्वीकृत