आफ्नो परमाणु केन्द्रमा हमला भएको इरानको दाबी « Khabarhub

आफ्नो परमाणु केन्द्रमा हमला भएको इरानको दाबी


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानले आफ्नो एउटा परमाणु केन्द्र “आतङ्ककारी कार्य”को निसानामा परेको दाबी गरेको छ ।

शनिबार इरानले युरेनियमलाई अझ बढी मात्रामा संवर्द्धन गर्ने सेन्ट्रीफ्यूजहरू चलाउन सुरु गरेको घोषणा गरेको भोलिपल्टै यस्तो हमला भएको उसले दाबी गरेको हो।

शनिवार इरानी राष्ट्रपति हसन रुहानीले नाटान्जमा नयाँ सेन्ट्रिफ्यूजको उद्घाटन गरेका थिए।

एटोमिक इनर्जी अर्गनाइजेसन अफ इरान (एईओआई) का प्रवक्ता बेहरुज् कमालवन्दीले आइतवार बिहान भएको हमला परमाणु क्षेत्रको उर्जा नेटवर्कसँग जोडिएको बताए ।

एईओआईका प्रमुख अली अकबर सालेहीले उक्त घटनालाई “तोडफोड” र “परमाणु आतङ्कवाद” को संज्ञा दिएको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए) ले उक्त घटनाबारे आफू जानकार रहेको तर त्यसबारे केही प्रतिक्रिया नदिने बताएको छ ।

इजरेली सार्वजनिक प्रसारक कानले उक्त घटना इजरेली साइबर हमला हुनसक्ने अनुमान गरिएको बताएको छ।

उसले सन् २०१० को एउटा कम्प्युटर भाइरसको उदाहरण दिँदै त्यस्तो दाबी गरेको हो । त्यसबेला अमेरिका र इजरेल मिलेर उक्त भाइरस बनाएको विश्वास गरिएको थियो।

सन् २०१५ मा भएको एउटा परमाणु सम्झौतालाई पुनर्जीवित पार्ने कूटनीतिक पहल भइरहेका बेला इरानको परमाणु केन्द्रमा हमला भएको विषय सार्वजनिक भएको हो ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई उक्त सम्झौताबाट अलग गरेका थिए।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १० : १० बजे

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना