दर्ता नगरी व्यवासय सञ्चालन « Khabarhub

दर्ता नगरी व्यवासय सञ्चालन


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट- हुम्लाको सदरमुकाम सिमकोटमा अधिकांश होटेल तथा अन्य व्यवसाय दर्ता नै नगरी सञ्चालन हुँदै आएका छन् ।

आइतबार सिमकोट बजारको अनुगमन गर्ने क्रममा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएको हो ।

आइतबार नमूना विधिबाट सिमकोट बजारमा सञ्चालन गरिएको होटेल, पसल र फ्रेश हाउसको अनुगमन गर्दा अधिकांश दर्ता नगरेको पाइएको सुर्खेतबाट हुम्ला पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले बताए ।

घरेलु, उद्योग वाणिज्य सङ्घमा दर्ता नगरेका व्यवसायीलाई पहिलोपटक चेतावनी दिइएको र आगामी दिन दर्ता प्रक्रिया पूरा नगरे त्यस्ता व्यवसायलाई सिल गर्ने उनले बताए ।

सिमकोट बजार अनुगमन गर्ने क्रममा सातवटा पसलको दर्ता नगरिएको भेटिएको र बजार क्षेत्रका होटेल तथा पसल सम्पूर्णको अनुगमन गर्ने हो भने त्यो सङ्ख्या अझै बढ्ने देखिएको उनले बताए ।

दर्ता भएका पसलमा पान नम्बरसमेत नलिएको भेटिएको प्रमुख थापाले बताए । पसलमा खाद्य र अखाद्य तथा मासु र पेय पदार्थसमेत सँगै राखेर बिक्री वितरण गरिएको भेटिएको छ ।

त्यस्तै पेय पदार्थ, जङ्कफुड, दालमोट, भुजियाको उपभोग गर्ने म्याद गुज्रिएको पाइएकाले ती वस्तु नष्ट गर्न लगाइएको थापाले जानकारी दिए । म्याद गुज्रिएका वस्तुप्रति उपभोक्ताले कुनै मतलब नगर्ने भएको कारण जनचेतना जोगाउनु आवश्यक रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १० : ५९ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी