मङ्सिरीको विद्यालयको विजोग « Khabarhub

मङ्सिरीको विद्यालयको विजोग


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट–चारैतिर पहाड, बीचमा अग्लो डाँडा ! सोही डाडाँमा २०३९ सालमा स्थापना गरिएको हिमालय आधारभूत विद्यालय नलगाड नगरपालिका–८ मङ्सिरी । झ्याल, ढोका, शौचालय र खानेपानीलगायतका पूर्वाधार अस्तव्यस्त अवस्थामा विद्यालयमा निरन्तर ६१ विद्यार्थी पढिरहेका छन् ।

कार्यालय रहेको कोठामा मूल ढोकाबाहेक झ्यालमा समेत ढोका नहुँदा हावाहुरीले कार्यालयमा बस्न सक्ने अवस्था हिउँदयाममा नभएको प्रधानाध्यापक मनोद शर्माले बताए ।

वर्षायाममा वर्षे झरीका कारण चुहिने हुँदा कार्यालयकै सामग्री बचाउन धौधौ पर्ने गरेको पीडा उहाँ सुनाउनुहुन्छ । यो विद्यालय अनुगमनका लागि अहिलेसम्म एक पटकमात्र शिक्षाका कर्मचारी पुगेका छन् ।

निम्न आर्थिक अवस्था भएका परिवारको यस गाउँमा बसाई हुँदा विद्यालयको मुहार बदल्न सक्ने अवस्था नरहेको स्थानीय भविलाल बुढाले बताए ।

वर्षायाममा पानी पर्ने बित्तिकै विद्यालय बन्द गर्नुपर्ने अवस्था र हिउँद याममा हावाहुरीका कारण पठनपाठन गर्न चुनौती हुँदै आएको छ । विद्यालयमा तीनकोठे एक जीर्ण कच्ची भवन र अर्को दुई कोठा दिवा खाजा पकाउने कच्ची भवन भए पनि कति बेला भत्किन्छ त्यसको कुनै ठेगान नभएको प्रधानाध्यापक शर्माले जानकारी दिए ।

आफू दुई वर्षदेखि सो विद्यालयमा कार्यरत रहेको भन्दै विद्यालयमा जानेबित्तिकै आँखाबाट आँशु झर्ने गरेको शर्माको पीडा छ ।

राज्यको उपस्थिति नै कमजोर रहेको मङ्सिरी गाउँमा राज्यका क्रियाकलापसमेत निकै कम हुने गरेका छन् । विद्यालयमा के कति रकम आउँछ, सार्वजनिक लेखा परीक्षण हुन्छ की हुँदैन त्योसम्म गाउँलेलाई थाहा नहुने गरेको बताइन्छ । प्रधानाध्यापकसहित तीन शिक्षक, एक बालविकास शिक्षिका र एक जना कार्यालय सहयोगी सो विद्यालयमा कार्यरत छन् ।

विद्यालय सञ्चालन गर्न आधारभूत कुरासमेत नहुँदा आफू हैरान भएको प्रधानाध्यापक शर्माले गुनासो गरे । खानेपानी घरबाट बोकेर ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

दिसा, पिसाबका लागि शौचालय नहुँदा जङ्गलमा जानुपर्ने बाध्यता छ । यता नलगाड नगरपालिकाले विद्यालयलाई सहयोग गर्ने ठूलो रकम आफूसँग नभएको भनी आफूहरूलाई पन्छ्याउने काम गरिरहेको प्रधानाध्यापक शर्माले बताए ।

नगरप्रमुख टेकबहादुर रावलले भने, ‘यहाँको समस्याबारे अघिल्लो वर्षमात्र जानकारी आएकाले यो आर्थिक वर्षमा जस्तापाता फेर्नका लागि रु ६० हजार र शौचालय निर्माणका लागि रु ४० हजार छुट्याएको छ । नजिकै अर्को विद्यालय भए मर्ज गर्ने भन्ने थियो तर नजिक नहुँदा समस्या आइरहेको छ ।’

विद्यालयमा शिक्षकको तलब भत्ता र अडिट खर्चबाहेक अन्य खर्च नआएको प्रअ शर्माले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सर्जन पुनले आफूहरूको पहुँच नहुँदा विद्यालयको यो दशा आइलागेको बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ११ : ४५ बजे

इरान मुद्दामा बेलायतप्रति ट्रम्पको असन्तुष्टि, सैन्य सहयोग नदिएको भन्दै आलोचना

एजेन्सी – डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य कारबाहीका क्रममा बेलायतले अपेक्षित साथ नदिएको

रौतहट जिल्ला अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

रौतहट- रौतहट जिल्ला अदालतमा कार्यरत डिठ्ठा लव कुमार सिंह ५०

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रै

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीहरूको विवरण

विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास

कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी

काठमाडौं- नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ गतेको चुनावी समीक्षा