रामकृष्ण र अस्मिताको गीतमा थालिस्मिया सचेतना « Khabarhub

रामकृष्ण र अस्मिताको गीतमा थालिस्मिया सचेतना


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–थालिस्मिया रोगबारे जनचेतना जगाउने उद्देश्यले वास्तविक कथामा आधारित गीत ‘सोचे भन्दा फरक संसार’ काे भिडियाे सार्वजनिक भएकाे छ ।

काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो सार्वजनिक गरिएको हाे । १७ वर्ष थालिस्मिया रोगबाट आफ्नो छोरीको उपचारका लागि छोरा जन्माएर छोरीलाई बोनम्यारो प्रत्यारोपण गराई बचाउन सफल बुबा राजु केसीले यो गीत लेखेका हुन् ।

गीतमा रामकृष्ण ढकाल र अस्मिता अधिकारीको स्वर छ । भिडियोमा रामकृष्णले थालिस्मिया रोग पीडित रोजिना खत्रीका पिता राजुको भूमिका निर्वाह गरेका छन् ।

आफ्नो भाई जन्मेपछि भाईबाट बोनम्यारो प्रत्यरोपण गराएर १७ वर्षलामो थालिस्मिया रोगबाट हालै मुक्त भएकी रोजिनाको बास्तविक कथा यो गीतमा शब्द र भिडियोबाट प्रस्तुत गरिएको छ ।

यो गीतको भिडियोमा रामकृष्णसँगै अस्मिता अधिकारी, नया खत्री, जोहन खत्री, शम्भुजित बासकोटा, कृष्ण मल्ल, शर्मिला मल्ल, सन्तोष पन्त, निर्मल शर्मा, जीतु नेपाल, कर्ण शाक्य, पुष्कर शाह, अरुणेश्वर खनाललगायतले यसमा अभिनय गरेका छन् ।

भिडियो लोकार्पण समारोहमा गीतकार राजु केसीले थालिस्मिया रोगबाट छोरी ग्रस्त भएपछि १७ वर्षसम्म छोरीको उपचारमा भोगेको पीडाबारे जानकारी गराए । यही रोगको बारेमा जानकारी दिन सोचे भन्दा फरक संसार गीत तयार गरेर भिडियो ल्याएको बताए ।

लामो समय अमेरिका बसेर आएकी रोजिनाले आफु पूर्ण निको हुने लाखौंमा एक भएको जानकारी गराईन । उनले अब नेपाल नै बसेर थालिस्मिया रोगीको सेवा गर्ने बताएकी छिन् । उनी अहिले पढ्दै छिन् ।

आइरिय मिडियाले निर्माण गरेको यो भिडियोलाई अशोक भुजेलले निर्देशन गरेका हुन् । इश्वर सिन्केमान र बिनय तामाँगले खिचेको यो भिडियोलाई आईरिस मिडियाबाट रिलिज गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १ : १५ बजे

इरान मुद्दामा बेलायतप्रति ट्रम्पको असन्तुष्टि, सैन्य सहयोग नदिएको भन्दै आलोचना

एजेन्सी – डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य कारबाहीका क्रममा बेलायतले अपेक्षित साथ नदिएको

रौतहट जिल्ला अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

रौतहट- रौतहट जिल्ला अदालतमा कार्यरत डिठ्ठा लव कुमार सिंह ५०

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रै

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीहरूको विवरण

विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास

कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी

काठमाडौं- नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ गतेको चुनावी समीक्षा