एमसीसी परियोजना अघि बढाउन एमाले सांसद अधिकारीको माग « Khabarhub

एमसीसी परियोजना अघि बढाउन एमाले सांसद अधिकारीको माग


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एमाले सांसद खगराज अधिकारीले एमसीसी परियोजना अघि बढाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद अधिकारीले एमसीसी तुरुन्त बहसको विषय बनाउन माग गरेका हुन् । उनले भने, ‘३/४ वर्ष भयो एमसीसी परियोजनाका विषयमा छलफल भएको छ । कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरियो । आज थन्को लगाएर तपाईंको तपाईंसमक्ष छ । ३/४ वर्ष कहिलेसम्म लड्काउने हो ? संसदको विजनेश बनाउन माग गर्दछु ।’

उनले राजनीतिक दलले एमसीसीलाई जुवाको खालजस्तो बनाएको बताए । उनले भने, ‘एमसीसी राष्ट्रिय हितअनुकुल बनाइन्छ सत्ताबाहिर हुँदा । अरु कुरा त कार्यव्यवस्था समितिको बैठकमा समेत हुन्छ । तर एमसीसीका विषयमा कुनै कुरा हुँदैन । सत्ताको निम्ति जुवाको खालमा नराख्न माग गर्छु ।’

सरकारले अघिल्लो वर्ष नै एमसीसीसम्बन्धी सम्झौता अनुमोदनका लागि पेश गरेको भएपनि संसदले अघि नबढाएको भन्दै सरकार र सत्तारुढ दल रुष्ट बन्दै आएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १ : ५२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना