एमसीसी परियोजना अघि बढाउन एमाले सांसद अधिकारीको माग « Khabarhub

एमसीसी परियोजना अघि बढाउन एमाले सांसद अधिकारीको माग


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एमाले सांसद खगराज अधिकारीले एमसीसी परियोजना अघि बढाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद अधिकारीले एमसीसी तुरुन्त बहसको विषय बनाउन माग गरेका हुन् । उनले भने, ‘३/४ वर्ष भयो एमसीसी परियोजनाका विषयमा छलफल भएको छ । कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरियो । आज थन्को लगाएर तपाईंको तपाईंसमक्ष छ । ३/४ वर्ष कहिलेसम्म लड्काउने हो ? संसदको विजनेश बनाउन माग गर्दछु ।’

उनले राजनीतिक दलले एमसीसीलाई जुवाको खालजस्तो बनाएको बताए । उनले भने, ‘एमसीसी राष्ट्रिय हितअनुकुल बनाइन्छ सत्ताबाहिर हुँदा । अरु कुरा त कार्यव्यवस्था समितिको बैठकमा समेत हुन्छ । तर एमसीसीका विषयमा कुनै कुरा हुँदैन । सत्ताको निम्ति जुवाको खालमा नराख्न माग गर्छु ।’

सरकारले अघिल्लो वर्ष नै एमसीसीसम्बन्धी सम्झौता अनुमोदनका लागि पेश गरेको भएपनि संसदले अघि नबढाएको भन्दै सरकार र सत्तारुढ दल रुष्ट बन्दै आएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १ : ५२ बजे

इरान मुद्दामा बेलायतप्रति ट्रम्पको असन्तुष्टि, सैन्य सहयोग नदिएको भन्दै आलोचना

एजेन्सी – डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य कारबाहीका क्रममा बेलायतले अपेक्षित साथ नदिएको

रौतहट जिल्ला अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

रौतहट- रौतहट जिल्ला अदालतमा कार्यरत डिठ्ठा लव कुमार सिंह ५०

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रै

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीहरूको विवरण

विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास

कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी

काठमाडौं- नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ गतेको चुनावी समीक्षा