ओलीले बोलाए एमाले केन्द्रीय कमिटीको बैठक « Khabarhub

ओलीले बोलाए एमाले केन्द्रीय कमिटीको बैठक


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक डाकेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारी सूर्य थापाका अनुसार वैशाख ६ गतेका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।

यद्यपि, एमाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरी पार्टी अध्यक्ष र महासचिवमात्र पदाधिकारी राखिएको छ । एमालेको केन्द्रीय कमिटीको दशौँ, एघारौँ र बाह्रौँ बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको हो ।

यही बैठकले एमालेको स्थायी कमिटी गठन गर्ने सम्भावना छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेकपा एमालेमा पछिल्लो समय चुलिएको विवादलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।

पछिल्लो समय अध्यक्ष ओलीले नेता माधवकुमार नेपालसहित उनी पक्षीय केही नेताहरूलाई निलम्बन गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  २ : १४ बजे

इरान मुद्दामा बेलायतप्रति ट्रम्पको असन्तुष्टि, सैन्य सहयोग नदिएको भन्दै आलोचना

एजेन्सी – डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य कारबाहीका क्रममा बेलायतले अपेक्षित साथ नदिएको

रौतहट जिल्ला अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

रौतहट- रौतहट जिल्ला अदालतमा कार्यरत डिठ्ठा लव कुमार सिंह ५०

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रै

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीहरूको विवरण

विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास

कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी

काठमाडौं- नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ गतेको चुनावी समीक्षा