कोरोनाविरुद्ध सचेतना अभियान शुरु « Khabarhub

कोरोनाविरुद्ध सचेतना अभियान शुरु


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्राफिक प्रहरीले विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर सचेतना अभियान शुरु गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान शुरु गरेको हो ।

‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ्य र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ शुरु गरिएको कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै महामारीको रूपमा फैलिरहेको कोभिड–१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियान सञ्चालन गरिएको जानकारी दिए । “यातायात क्षेत्र कोभिड–१९ बाट उच्च जोखिममा रहेको छ, यस क्षेत्रमा बेलैमा सावधानी अपनाएर मात्र चलायमान बनाउनुपर्छ,” उनले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले कोरोनाबाट बच्नका लागि यातायात क्षेत्रका मजदूरले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताए ।

महासङ्घका महासचिव पूण्यप्रसाद (सरोज) सिटौलाले बसभित्र बढी भीडभाड नगरी चालक, सहचालक र यात्रुले अनिवार्य रुपमा माक्स र सेनिटाइजर प्रयोग गरेमात्र सार्वजनिक यातायातमा कोरोना फैलिने क्रममा कमी आउने उल्लेख गरे ।

कार्यक्रममा सार्वजनिक यातायातका साधनमा कोरोना भाइरस सचेतनामूलक स्टिकर टाँस्नुका साथै चालक, सहचालक र यात्रुलाई माक्स वितरण गरिएको थियो । सोही कार्यक्रममा सम्पूर्ण चालक सहचालक तथा यात्रुले अनिवार्य रूपमा मास्क लगाई भौतिक दूरी कायम गरी सवारी साधनको प्रयोग गर्नु हुन महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

महाशाखाले आगामी दिनमा कोरोना भाइरसबाट चालक, सहचालक र यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गर्दै बढी भीडभाड हुने स्थानमा नागरिक सचेतना जगाउने जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ९ : ३० बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,