न्यायाधीश सुवेदीविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज « Khabarhub

न्यायाधीश सुवेदीविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको सिफारिसविरुद्ध परेको रिट खारेज गरेसँगै उनको सर्वोच्चमा न्यायाधीश बन्ने बाटो खुलेको छ । तर, संसदीय सुनवाईमा उनी बिरुद्ध परेका उजुरीको छानबिन भने बाँकी नै छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधानअनुसार योग्यता नै नपुगेका सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको भन्दै न्यायपरिषद्लाई विपक्षी बनाइ निर्णय बदरको माग सहित १३ चैत्रमा सर्वोच्चमा रिट दायर गरेका थिए।

भण्डारीको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजप्रसाद केसीको एकल इजलासले रिट नै खारेज गर्ने आदेश सोमबार गरेको हो ।

न्याय परिषद्ले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुवेदीलाई फागुन २८ गते सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो । सुवेदीको सिफारिसको चर्को विरोध भइरहेको छ । सर्वोच्च अदालत बार एशोसियसनले नै पत्रकार सम्मेलन गरेर विरोध जनाएको थियो ।

संसदीय सुनुवाइ विशेष समितिमा पनि ५ वटा उजुरी परेका छन् । न्याय परिषद्ले सिफारिस गरेका न्यायाधीशद्वय कुमार चुडाल र सुवेदीको सुनुवाइ वैशाख ३ गते हुँदैछ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ५ : ५२ बजे

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुपक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा