न्यायाधीश सुवेदीविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज « Khabarhub

न्यायाधीश सुवेदीविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको सिफारिसविरुद्ध परेको रिट खारेज गरेसँगै उनको सर्वोच्चमा न्यायाधीश बन्ने बाटो खुलेको छ । तर, संसदीय सुनवाईमा उनी बिरुद्ध परेका उजुरीको छानबिन भने बाँकी नै छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधानअनुसार योग्यता नै नपुगेका सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको भन्दै न्यायपरिषद्लाई विपक्षी बनाइ निर्णय बदरको माग सहित १३ चैत्रमा सर्वोच्चमा रिट दायर गरेका थिए।

भण्डारीको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजप्रसाद केसीको एकल इजलासले रिट नै खारेज गर्ने आदेश सोमबार गरेको हो ।

न्याय परिषद्ले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुवेदीलाई फागुन २८ गते सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो । सुवेदीको सिफारिसको चर्को विरोध भइरहेको छ । सर्वोच्च अदालत बार एशोसियसनले नै पत्रकार सम्मेलन गरेर विरोध जनाएको थियो ।

संसदीय सुनुवाइ विशेष समितिमा पनि ५ वटा उजुरी परेका छन् । न्याय परिषद्ले सिफारिस गरेका न्यायाधीशद्वय कुमार चुडाल र सुवेदीको सुनुवाइ वैशाख ३ गते हुँदैछ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ५ : ५२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना