आलोचना र सुझाव दिनेमाथि शत्रुवत् व्यवहार भयो : नेता नेपाल « Khabarhub

आलोचना र सुझाव दिनेमाथि शत्रुवत् व्यवहार भयो : नेता नेपाल


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताएका छन् ।

अखिल नेपाल महिला सङ्घ प्रदेश नं २ द्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरेको आरोप लगाए । पार्टीमा भेदभाव बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

“पार्टीभित्र आलोचना सुन्ने र सुझावलाई अङ्गीकार गरी गल्ती स्वीकार गरेर अघि बढ्नु पर्छ”, नेता नेपालले भने । देशमा सबैभन्दा राम्रो पार्टी कम्युनिष्ट पार्टी भए पनि पछिल्लो समय पार्टीमा सङ्कट बढ्दै गएको उनको भनाइ थियो ।

भेलामा पार्टीका उप–महासचिव घनश्याम भुसालले पार्टीभित्र मनमुटाव र गुटवाजी बढ्दै गएको र त्यसलाई रोक्नुपर्ने बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : ३७ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,