काठमाडौँको एक होटेलबाट जुवा खेल्दै गरेका ११ पक्राउ, ६ लाख २६ हजार नगद बरामद  « Khabarhub

काठमाडौँको एक होटेलबाट जुवा खेल्दै गरेका ११ पक्राउ, ६ लाख २६ हजार नगद बरामद 


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँकाे ठमेलस्थित एक होटेलबाट प्रहरीले जुवाखेलिरहेका ११ जनालाई पक्राउ गरेको छ ।

सञ्चयकोष भवन नजिक रहेको होटल आर्य तारामा तास खेलिरहेका ११ जनालाई ६ लाख २६ हजार नगद सहित प्रहरीले पक्राउ गरेको हो ।

जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरी निरीक्षक मुकेश ताम्राकार नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले ७ बुक तास समेत बरामद गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा काभ्रे धुलिखेल न.पा.६ का बर्ष-३६ का अर्जुन लामा, पाँचखाल न.पा.१ घर भएका ३० वर्षीय राज कुमार लामा, बनेपा न.पा.५ का ३५ वर्षीय रण बहादुर तामाङ, पाँचखाल न.पा.११ का ३७ वर्षीय सुर्य लामा, बनेपा न.पा.१४ का ३५ वर्षीय भुवन सिंह तामाङ, माझीफेदा-८ का ३० वर्षीय समिर तामाङ रहेको प्रहरीले जनाएको छ ।

यसैगरी रामेछाप शैलुङ गा.पा.५ का ३० वर्षीय कबिन घिसिङ, दोरम्बा गा.पा.५ का ३२ वर्षीय कर्म लामालाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।

त्यस्तै ओखलढुंगा खिचिकाती गा.पा.९ का ३९ वर्षीय हेम बहादुर खत्री, भक्तपुर सुर्यविनायक न.पा.८ का ३८ वर्षीय श्याम तामाङ र धादिङ ज्वालामुखी गा.पा. घर भएका ४८ को होटल सञ्चालक बासु सिंखडालाई पक्राउ गरिएको महानगरी प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : ५३ बजे

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु