राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक, मुख्य प्रायोजक ‘माई सेकेण्ड टिचर’ « Khabarhub

राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक, मुख्य प्रायोजक ‘माई सेकेण्ड टिचर’


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । जसको मुख्य प्रायोजक माई सेकेण्ड टिचर रहेको छ ।

क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीको प्रायोजक खोज्ने जिम्मा एड प्याडलाई दिएको थियो । सो कम्पनीले जर्सीको मुख्य प्रायोजकमा माई सेकेण्ड टिचरलाई भित्र्याएको छ ।

आज राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र आईएनजी ग्रुपका सुलभ बुढाथोकीले राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।

सम्झौता अनुसार राष्ट्रिय टिमको जर्सीमा उपलब्ध हुने स्थानहरूमा माई सेकेण्ड टिचरलाई मुख्य भागमा राखिने छ । यस्तै आइएनजी ग्रुप र इस्लिङ्टन कलेजको पनि लोगो राखिने भएको छ ।

माई सेकेण्ड टिचर एक इन्टरनेट लर्निङ मोबाइल एप हो । उसले पहिलो पटक क्रिकेटमा लगानी गर्न लागेको हो । एड प्याडले उसलाई आईसीसीको क्लोदिङ नियम अनुसार सम्झौता गरेको जनाएको छ ।

यो सम्झौताको रकम भने गोप्य राखिएको छ । क्यानले राष्ट्रिय टिमको जर्सीको प्रायोजकको सबै जिम्मा एड प्याडलाई १५ महिनाका लागि बिक्री गरेको थियो ।

अब एड प्याडले क्रिकेट टिमको जर्सीको प्रायोजक खोज्नेछ भने रकम पनि आफैँ राख्नेछ । माई सेकेण्ड टिचरको सम्झौता अहिलेका लागि एक बर्षको रहेको छ ।

शिक्षा क्षेत्रलाई क्रिकेटमा भित्र्याउन पाउँदा खुसी लागेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञेप्तीमार्फत जानकारी दिएका छन् ।

नेपालले बैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दैछ । उक्त सिरिजमा नेपालले नयाँ जर्सी प्रयोग गर्ने छन् ।

टियु क्रिकेट मैदानमा आयोजना हुने टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ४ गते खेल्नेछ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ७ : ०७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर