दूरसञ्चार ऐन संशोधनको तयारीमा सरकार « Khabarhub

दूरसञ्चार ऐन संशोधनको तयारीमा सरकार


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दूरसञ्चार ऐनलाई समयसापेक्ष संशोधनको तयारीमा सरकार रहेको बताएका छन् ।

नेपालको सूचना प्रविधिको अवस्थाका विषयमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले दूरसञ्चार ऐन २०५५ लाई टेकेर समयसापेक्ष संशोधन गरिने बताएका हुन् । मन्त्री गुरुङ विज्ञान र प्रविधिका साथै दूरसञ्चार क्षेत्रको नीतिगत सुधार गर्न सरकार प्रतिवद्ध रहेको र यस विषयमा सरोकारवालाहरूको सुझाव महत्वपूर्ण हुने बताए ।

उनले अब सेवा प्रदायकहरूले नेपालको सुगम क्षेत्रमा मात्रै नभइ दुर्गम क्षेत्रमा पनि सूचना प्रविधिको समान बितरणको अवधारणा ल्याउनुपर्ने उल्लेख गरे । डिजिटल नेपालको फ्रेमवर्कमा सरकारलाई निजी क्षेत्रको साथ र सहयोग चाहिने उनले बताए ।

उनले नेपालमा दूरसञ्चार क्षेत्रमा आउन सक्ने समस्या समाधान गर्न पनि तयार हुनुपर्ने बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ७ : ३७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना