मानव अधिकार सम्मान डा वस्तीलाई प्रदान गरिने « Khabarhub

मानव अधिकार सम्मान डा वस्तीलाई प्रदान गरिने


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले हरेक वर्ष प्रदान गर्दै आएको ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यस वर्ष फोरेन्सिक विज्ञ डा हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले डा वस्तीले शव उत्खननलगायत मानव अधिकारका दर्जनौँ अनुसन्धान कार्यमा महत्वपूर्ण योगदान पर्‍याएकोमा सम्मान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए ।

डा वस्तीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लामो समय फोरेन्सिक विज्ञका रुपमा रही मानव अधिकारको संरक्षणमा योगदान पुर्‍याएका थिए ।

सशस्त्र द्वन्द्वकालीन घटनाहरूको अनुसन्धानमा संलग्न रही मानव अधिकारको क्षेत्रमा उनले पुर्‍याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा समेत मानव अधिकारको क्षेत्रमा थप योगदान पुर्‍याउने छन् भन्ने विश्वास आयोगले लिएको छ ।

आयोगले गत वर्षको मानव अधिकार सम्मान महिला मानव अधिकार रक्षक सञ्जाल नेपालका संस्थापक तथा लैङ्गिक समानता, लैङ्गिक न्याय र महिला हिंसाको न्यूनीकरणको अभियानमा क्रियाशील अधिकारकर्मी डा रेणु अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ८ : १० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना