कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ गते बस्ने « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ गते बस्ने


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ ।

आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ एवं कांग्रेसका अग्रज व्यक्तित्व गोविन्दराज पौडेलको निधनका कारण स्थगन गरिएको थियो ।

चैत ३० गते बस्ने भनिएको बैठक आगामी वैशाख ५ गते दिउँसो २ बजे तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । चितवनको रत्ननगरमा आज ७५ वर्षको उमेरमा पौडेलको निधन भएको हो ।

कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण र शोकाकुल परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना व्यक्त गरेका छन् ।

सभापति देउवाले आजै कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य गणेश ढकालको निधनप्रति पनि दुःख व्यक्त गरेका छन् । ढकालको पाँचथरको रविमास्थित निजी निवासमा ७५ वर्षको उमेरमा निधन भएको हो । स्व ढकालले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १० : २३ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,