मन्त्रिपरिषद बैठक : जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरिने, तत्काल कुनै पनि क्षेत्र बन्द नहुने « Khabarhub

मन्त्रिपरिषद बैठक : जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरिने, तत्काल कुनै पनि क्षेत्र बन्द नहुने


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिँन नदिँन जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने निर्णय गरेको हो ।

बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को पछिल्लो प्रस्तावमाथि छलफल भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

नयाँ प्रजाति कोरोनाको जोखिम बढ्न नदिँन पहिलो चरणमा नयाँ मापदण्डको बारेमा जनतालाई सार्वजनिक रुपमा अपिल गर्ने निर्णय भएको उनले जानकारी दिए ।

उप-प्रधानमन्त्री एवं सीसीएमसी संयोजक इश्वर पोखरेलले सरकारका तर्फबाट मंगलबार सार्वजनिक संचारमाध्यममार्फत देशबासीलाई मापदण्डको पालनाबारे अपिल गर्ने उनले बताए ।

तत्काल कुनै पनि क्षेत्र बन्द गर्ने निष्कर्षमा सरकार पुगिनसकेको उनले बताए ।

संक्रमणको परिस्थिती हेरेर सरकारले निर्णय लिने मन्त्री गुरुङले बताए । बैठकले सीसीएमसीले तयार पारेको मापदण्डलाई स्वीकृत गरेको उनले जानकारी दिए ।

सीसीएमसीले विद्यालय बन्द गर्नुपर्ने सुझाव दिएको भए पनि आजै सरोकारवालाहरुसँगको छलफलमा निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्द गर्न नहुने बताएका थिए।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १० : ५२ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,