कोरोनाविरूद्ध चेतनामूलक कार्यक्रम गरी विश्व नर्स दिवस मनाइँदै « Khabarhub

कोरोनाविरूद्ध चेतनामूलक कार्यक्रम गरी विश्व नर्स दिवस मनाइँदै


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज मे १२ तारिख विश्व नर्स दिवस । विश्व कोरोना कहरले आक्रान्त भइरहेका बेला यस वर्षको नर्स दिवसमा विरोनाविरुद्धको चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

विश्वव्यापी महामारीको यो बेला नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको छ । शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ ।

आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ । ‘लेडी विद् दि ल्याम्प’को उपनामले परिचित नाइटिङ्गेल सन् १८२० मा ब्रिटेनमा जन्मिएकी थिइन ।

नाइटिङ्गेलले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज सञ्चालन गरेकी थिइन जुन नर्सिङ क्षेत्रमा आधुनिक र व्यवसायिक नर्सिङ सेवाको रुपमा मानिन्छ ।

अन्तराष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको हो ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : ०० बजे

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय