चिनियाँ खोपको दोस्रो डोज जेठ २ देखि « Khabarhub

चिनियाँ खोपको दोस्रो डोज जेठ २ देखि


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज जेठ २ गतेदेखि लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय गरेको हो। मंगलबार जिल्ला स्वास्थ्य कार्यालयले एक सूचना जारी गर्दै जेठ २ बाट भेरोसेलको दोस्रो डोज लगाउने मिति तय भएको जनाएको हो।

खोप लगाउने केन्द्रहरु काठमाडौँका विभिन्न तहहरुमा तोकिएको छ।

जारी सूचनामा भनिएको छ, ‘नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आइसिएस बैठकको मिति २०७८/०१/२२ गतेको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द्र, काठमाडौंको मिति २०७८/०१/२५ गतेको निर्णय अनुसार दोस्रो चरणको कोभिड १९ बिरुद्धको खोप (भेरोसेल दोस्रो मात्रा) अभियान मिति २०७८/०२/०२ गतेदेखि सञ्चालन हुने भएको छ।’

बागमती स्वास्थ्य निर्देशनालय प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जारी गरेको सूचनामा लेखिएको छ, ‘यस अवधिमा १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप (भरोसेल दोस्रो मात्र लगाउने कार्यक्रम रहेको छ। तसर्थ कोभिड १९ विरुद्धको खोप अभियान कार्यक्रम संचालन निर्देशिका २०७७ बमोजिम मिति २०७८/०२/०२ गतेदेखि त्यस पालिकामा कोभिड १९ विरुद्धको खोप (भरोसेल दोस्रो मात्रा) अभियान जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने गरी संचालन गर्नु भई कोभिड १९ रोग रोकथाम र नियन्त्रण कार्यमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।’

जेठ २ देखि ९ दिनसम्म चल्ने खोपमा एक लाख ५९ हजार ४९९ जनालाई खोप लगाउने लक्ष्य राखेको छ।

चीनमा उत्पादित ‘भेरोसेल’ भ्याक्सिन दिन चैत २५ बाट लगाउन सुरु गरिएको थियो। चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो। उक्त ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट चैत १६ गते नेपालमा ल्याइएको थियो।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ९ : ५६ बजे

बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौँदेखि बन्द रहेका, निरन्तर घाटामा थलिएका

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या