नेपालमा ९० हजार नर्स चाहिनेमा ३५ हजारमात्रै, ३० हजार बेरोजगार « Khabarhub

नेपालमा ९० हजार नर्स चाहिनेमा ३५ हजारमात्रै, ३० हजार बेरोजगार



काठमाडौँ– नेपाल नर्सिङ काउन्सिलको तथ्यांकअनुसार हालसम्म नेपालमा ६२ हजार ७५ जना नर्सले लाइसेन्स प्राप्त गरेका छन् ।

त्यस्तै २०७७ चैत पहिलो हप्तासम्म ३५ हजार १६८ जना अनमी र ८४४ जना विदेशी नर्स गरी जम्मा नर्सिङ जनशक्तिमा ९८ हजार ८४ जना छन् ।

दर्ता भएका मध्ये करिब २० हजार नर्स विदेश गएको तथा करिब ५ हजार जनाको मृत्यु भएको काउन्सिलको अनुमान छ ।

मुलुकभर १२० वटा जति सरकारी अस्पतालमा करिब १४ हजार नर्स कार्यरत छन् । निजी क्षेत्रमा कति नर्स छन् भन्ने यकिन तथ्यांक छैन तर करिब १५ हजार कार्यरत रहेको अनुमान नर्सिङ काउन्सिलको छ ।

प्रत्येक वर्ष सरदर ७ हजार नर्स थपिने गरेका छन् । नर्सिङ काउन्सिलकी रजिस्ट्रार बिना घिमिरेका अनुसार नेपालमा रहेका नर्समध्ये करिब ३० हजार रोजगार र बाँकी झन्डै ३२ हजार बेरोजगार छन् ।

कोरोना संक्रमण बढ्दै जाँदा अस्पालमा शय्याहरू थपिँदैछन् । स्थानीय तहहरूले आइसोलेसन केन्द्र बनाउँदैछन् । कोरोनाले निम्त्याएको स्वास्थ्य संकटमा मुलुकलाई दक्ष चिकित्सकको अभाव त भएकै छ, नर्सहरू समेत दिनमा लगातार १४ घण्टाभन्दा बढी सेवा गर्न बाध्य छन् । उता ३० हजारभन्दा बढी नर्स बेरोजगार छन् ।

जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित अहिलेको संकटमा बेरोजगार रहेका नर्सहरू परिचालन गर्न सकेमा सहज हुने बताउँछन् । ‘कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको छ, संक्रमितको हेरचाहका लागि जनशक्ति अभाव छ,’ डा. दीक्षित भन्छन्, ‘विशेष गरी इमरजेन्सी र क्रिटिकल अवस्थामा पनि काम गर्न सक्ने गरी तालिम दिएर नर्सहरूलाई ठाउँठाउँमा परिचालन गर्न सके राम्रो हुन्थ्यो ।’

उचित व्यवस्थापन गरेर बेरोगजार नर्सहरू परिचालन गरेमा एकातिर उनीहरूले रोजगार पाउने थिए भने अर्कातिर बिरामीले हेरचाह । सरकारले स्थानीय तहसँग समन्वय गरेर दुर्गम गाउँमा र नर्स अभाव रहेका सरकारी अस्पतालहरूमा तालिमप्राप्त नर्स पठाउन उचित हुने डा. दीक्षितको सुझाब छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार प्रति १ हजार जनसंख्यालाई कम्तीमा तीन जना नर्स आवश्यक पर्छ । हाल नेपालको जनसंख्या ३ करोड मान्ने हो भने डब्ल्यूएचओ मापदण्डअनुसार ९० हजार नर्स कार्यरत हुनुपर्छ ।

नेपालमा करिब ३५ हजार नर्स कार्यररत रहेको अनुमान छ । नर्सको यो संख्या प्रति एक हजार जनसंख्यामा १ दशमलव १६ जना हो । अर्थात करिब ८५८ जनसंख्यामा १ नर्स कार्यरत छन् ।

नेपाल सरकारले डब्ल्यूएचओको मापदण्डमा हस्ताक्षर गरेको छ ।

डब्ल्यूएचओ मापदण्ड अनुसार जनरल वार्डमा ४ देखि ६ जना विरामीका लागि एक नर्स, सुत्केरी वार्डमा एकब बेडका लागि २ जना नर्स, आइसीयूमा एक बिरामीका लागि एक नर्स, पोस्ट अपरेटिभ वार्डमा १ बिरामीलाई एक नर्स र अपरेशन थिएटरमा एउटा टेबलमा जना नर्स हुनुपर्छ ।

नर्सिङ काउन्सिलकी रजिस्ट्रार घिमिरेका अनुसार डब्ल्युएचओको मापदण्डअनुसार गर्ने हो भने अहिले देशमा रहेका सबै नर्सले काम गर्दा पनि पुग्दैन । मापदण्डअनुसार हुँदा सरकारी अस्पतालमा मात्रै ३० हजार नर्स आवश्यक पर्छ ।

प्रति एक हजार जनसंख्यामा भारतमा २ जना, भुटानमा १ जना, श्रीलंका २ जना, चीनमा २ जना, बेलायतमा ९ जना, अमेरिकामा १० जना, अस्ट्रेलियामा ११ जना र जापानमा ११ जना नर्स छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने हाल चिकित्सकहरू पर्याप्त मात्रामा रहेको बताउँछन् । ‘अहिले चिकित्सकको अभाव सिर्जना भएको छैन, डाक्टर र नर्सहरू पर्याप्त मात्रामा छन्’ उनले खबरहबसँग भने, ‘लाइसेन्स प्राप्त चिकित्सकको माग भए आवदेन खुलाउछौँ ।’

अहिले कोरोना माहामारीमा अस्पताल आउने अन्य बिरामीको संख्या न्यून रहेकाले अस्पतालका सबै चिकित्सकलाई कोरोना उपचार परिचालन गरिरहेको उनले बताए । अस्पतालमा नर्सको अभाव भएमा तत्काल पूर्ति गर्ने पनि उनले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ३ : २० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर