काठमाडौँमा जेठ १ गतेदेखि ‘आकस्मिक रक्तदान’ « Khabarhub

काठमाडौँमा जेठ १ गतेदेखि ‘आकस्मिक रक्तदान’


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीका कारण देशभरका अस्पतालहरुमा रगतको अभाव भइरहेको बेलामा ‘आकस्मिक रक्तदान’ गरिने भएको छ ।

लायन्स क्लब अफ काठमाडौँ सोसियल फ्रेन्ड्सको संयोजकत्वमा अटो नेपाल र सहयोगी महिला जागरण मञ्चको पहलमा आउँदो जेठ १ गतेदेखि आकस्मिक रक्तदान कार्यक्रम हुन लागेको हो । रक्तदान कार्यक्रम रातोपुलस्थित नेसनल बाथरोग सेन्टरमा हुनेछ ।

सोसियल फ्रेन्ड्सका अध्यक्ष भूषणकुमार श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले गर्भवती महिला र अपरेसन हुनैपर्ने बिरामीको अपरेसन हुन नसकेको र रगत अभाव भएको बताएपछि रक्तदान कार्यक्रम गर्न लागिएको बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार दुई/दुई हप्तामा लायन्सले रगत संकलन गरेर रेडक्रसलाई बुझाउनेछ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ३ : ०३ बजे

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा