निषेधाज्ञामा बिहे भोज दिने बेहुला पक्राउ « Khabarhub

निषेधाज्ञामा बिहे भोज दिने बेहुला पक्राउ


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् ।

कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् ।

सोमबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको हो ।

उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०/४० गाउँले भेला भएको प्रहरीले जनाएको छ ।

प्रहरी पुगेपछि सहभागीले भागाभाग गरे । प्रहरीले सबै भागेपछि दुई बेहुलालाई समातेर आवश्यक कारवाहीपछि छाड्ने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ५ : ११ बजे

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा