नयाँ सरकार गठनमा सहभागी नहुने ठाकुर पक्षद्वारा राष्ट्रपतिलाई जानकारी « Khabarhub

नयाँ सरकार गठनमा सहभागी नहुने ठाकुर पक्षद्वारा राष्ट्रपतिलाई जानकारी


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनमा सहभागी नहुने जानकारी गराएका छन् ।

अध्यक्ष ठाकुर र वरिष्ठ महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा पत्र बुझाउँदै नयाँ सरकार गठनमा सामेल नहुने जानकारी गराएका हुन् ।

उनीहरुले जसपाको प्रथम अध्यक्ष ठाकुर भएको र निर्वाचन आयोगमा पनि प्रथम अध्यक्षकै हस्ताक्षर चल्ने भन्दै अरु कोही आए वैधता नदिन राष्ट्रपति समक्ष आग्रह गरेको जनाइएको छ ।

ठाकुरले दुई दिनअघि विज्ञप्ति जारी गर्दै वैकल्पिक सरकार गठनमा सहभागी नहुने स्पष्ट पारेका थिए ।

जसपका उपेन्द्र यादव र डा.बाबुराम भट्टराई भने  नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनलाई सघाउने पक्षमा छन् ।

शीतल निवास जानुअघि ठाकुर र महतोले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा सोभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न आह्वान गरेकी थिइन् ।

राष्ट्रपतिले दिएको समयसीमा विहीबार राति ९ बजे सकिँदैछ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ५ : ३२ बजे

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,