जनमोर्चाद्वारा प्रदेशसभा संसदीय दलका नेता थापालाई कारबाही « Khabarhub

जनमोर्चाद्वारा प्रदेशसभा संसदीय दलका नेता थापालाई कारबाही


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय जनमोर्चाले सो पार्टीका गण्डकी प्रदेशसभा संसदीय दलका नेता कृष्ण थापालाई दलको नेताबाट हटाएको छ ।

प्रदेशमा विपक्षी नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सम्बन्धमा हस्ताक्षर गर्न अस्वीकार गरेको जनाउँदै थापालाई नेताबाट हटाइएको जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिए ।

नेता थापा भने आफूलाई प्रक्रियाविपरीत दल नेताबाट हटाइएको जनाएका छन् । थापाले अस्वीकार गरेपछि विपक्षीलाई बहुमत सङ्ख्या पुगेको थिएन ।

पार्टीले यसअघि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहित मिलेर सरकार गठन गर्ने निर्णय गरेको थियो ।

प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाइएको पत्र गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता गराइएको छ ।

यही वैशाख २६ गते प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी थिइन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ९ : ०१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना