जनमोर्चाद्वारा प्रदेशसभा संसदीय दलका नेता थापालाई कारबाही « Khabarhub

जनमोर्चाद्वारा प्रदेशसभा संसदीय दलका नेता थापालाई कारबाही


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय जनमोर्चाले सो पार्टीका गण्डकी प्रदेशसभा संसदीय दलका नेता कृष्ण थापालाई दलको नेताबाट हटाएको छ ।

प्रदेशमा विपक्षी नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सम्बन्धमा हस्ताक्षर गर्न अस्वीकार गरेको जनाउँदै थापालाई नेताबाट हटाइएको जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिए ।

नेता थापा भने आफूलाई प्रक्रियाविपरीत दल नेताबाट हटाइएको जनाएका छन् । थापाले अस्वीकार गरेपछि विपक्षीलाई बहुमत सङ्ख्या पुगेको थिएन ।

पार्टीले यसअघि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहित मिलेर सरकार गठन गर्ने निर्णय गरेको थियो ।

प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाइएको पत्र गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता गराइएको छ ।

यही वैशाख २६ गते प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी थिइन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ९ : ०१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५