कांग्रेसद्वारा स्वास्थ्य सामग्रीका लागि हवाई ढुवानीको प्रबन्ध माग | Khabarhub Khabarhub

कांग्रेसद्वारा स्वास्थ्य सामग्रीका लागि हवाई ढुवानीको प्रबन्ध माग


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य सामग्री तथा उपकरण आयातका लागि हवाई ढुवानी प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कम्पनीले खरीद गरेका स्वास्थ्य सामग्री तथा उपकरण हवाइजहाजका अभावका कारण नेपाल ढुवानी हुन नसकी चीनका विभिन्न विमानस्थलमा अलपत्र अवस्थामा रहेको जनाउँदै कांग्रेसले सो माग गरेको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज वक्तव्य जारी गरी अविलम्ब स्वास्थ्य सामग्री तथा उपकरणको हवाई ढुवानीको प्रबन्ध गरी सहजीकरण गर्न सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

उनले कोभिड–१९ महामारीको कारणले दिनानुदिन संक्रमित र मृत्यु हुने वृद्धि हुँदै गइरहेका परिस्थितिमा जनतालाई स्वास्थ्य सामग्री अभाव हुन नदिई कोभिड–१९ संक्रमित र अन्य बिरामीको उपचार गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ९ : १५ बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान