यात्रुसँग बढी भाडा लिने दुई पक्राउ « Khabarhub

यात्रुसँग बढी भाडा लिने दुई पक्राउ


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यात्रुसँग तोकिएको भन्दा तीन गुणासम्म बढी भाडा लिने दुई जनालाई प्रहरीले काठमाडौँको कलङ्की र नयाँ बसपार्कबाट पक्राउ गरेको छ ।

उनीहरुले उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिर जाने यात्रुबाट बढी भाडा लिएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलङ्कीमा काम गर्ने बाराका ४१ वर्र्षीय हृदयनारायण साह र नयाँ बसपार्कबाट बर्दियाका ३५ वर्षीय कृष्ण चौधरी रहेका छन ।

साहले ना ६ ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए । पक्राउ परेका चौधरीले बर्दिया जाने यात्रुहरुसँग प्रति व्यक्ति तीन हजारसम्म लिने गरेको पाइएको छ । उनले ना ७ ख ४९२० नम्बरको बसमार्फत बर्दिया जाने यात्रुसँग बढी भाडा लिएको पाइए पछि पक्राउ गरेको महाशाखाले जनाएको छ ।

दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निगरानी गरी हालसम्म महाशाखाले २८ जनालाई कारबाहीको दायरामा ल्याएको जनाएको छ ।

महाशाखले निषेधाज्ञा लागु भए पश्चात बढी भाडा लिइ यात्रु ठग्ने विरुद्ध कारबाही अभियान सञ्चालन गरी छुट्टै डेडिकेटेड टिम परिचालन गरेको छ । उक्त टोलीले सुचना सङ्कलन गर्ने, निगरानी गर्ने, यात्रु बनी भाडा बार्गेनिङ्ग गर्ने, गोप्य रुपमा बुझ्ने र यात्रु ठग्नेलाई पक्राउ गर्ने गरेको महाशाखा प्रमुख एसएसपी भट्टराईले बताए ।

विभिन्न मितिमा निषेधाज्ञा पश्चात गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर र गौशाला क्षेत्रबाट यसरी यात्रु ठग्नेलाई ट्राफिक प्रहरीले पक्राउ गरेका छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ५७ बजे

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत

राजनीतिपछि शिथिल प्रकाश !

काठमाडौँ- गायक प्रकाश सपुत राजनीतिमा प्रवेश गरेसँगै धेरैले टिप्पणी गरेका