पर्वतारोहीको सम्मानमा ‘मिस युनिभर्स’मा नेपाली राष्ट्रिय पोशाक | Khabarhub Khabarhub

पर्वतारोहीको सम्मानमा ‘मिस युनिभर्स’मा नेपाली राष्ट्रिय पोशाक


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– अमेरिकामा हुन लागेको ६९ औं ‘मिस युनिभर्स’मा नेपाली राष्ट्रिय पोशाक पर्वतारोहीको सम्झनामा समर्पित गरिने भएको छ ।

हरेक वर्ष विश्वभरबाट मानिसहरु हिमाल हेर्न र चढ्नका लागि नेपाल आउने गरेकोमा यस वर्ष भने ‘मिस युनिभर्स’को माध्यमबाट हिमालहरुलाई विश्वमा चिनाइने भएको छ ।

‘मिस युनिभर्स’को यो संस्करणका लागि अंशिका शर्मा अमेरिका पुगिसकेकी छन् । प्रतियोगिता मे १६ का दिन फ्लोरिडाको सेमिनोल हार्ड रक होटल एण्ड क्यासिनोमा हुँदैछ ।

राष्ट्रिय पोशाक प्रदर्शन भने प्रतियोगिता फाइनलभन्दा अघि यही मे १३, बेलुका ८ बजे (मियामी समय) र नेपाली समय मे १४ बिहान ५ः४५ मा हुँदैछ । राष्ट्रिय पोशाक प्रदर्शन प्रतियोगिताको यूट्युब च्यानलमा प्रत्यक्ष प्रसारण गरिनेछ ।

प्रतियोगिता भने मे १६ बेलुका ८ बजे (मियामी समय ) मा प्रत्यक्ष प्रशारण हुँदैछ । नेपाली समय मे १७ बिहान ५ः४५ मा हुनेछ ।

‘मिस युनिभर्स’ राष्ट्रिय पोशाक कार्यक्रमका लागि अंशिका शर्माले बिना घलेको सिर्जना ‘ओड टु माउन्टेनर’ पर्वतारोहीको सम्झनामा पहिरिनेछिन् ।

नेपालको राष्ट्रिय पोशाक विश्वका सबै पर्वतारोहीहरूलाई र विशेषगरी नेपालका अग्ला हिमालयका संरक्षक तथा गाइडहरू, निडर शेर्पाहरुको सम्मान स्वरूप डिजाइन गरिएको आयोजकले जनाएको छ ।

विश्वका सबैभन्दा अग्ला चुचुराहरू आरोहण गर्न सफल कयौ व्यक्तिहरुका लागि नेपालको प्रदर्शन ऐतिहासिक सावित हुने विश्वास गरिएको छ । डिजाइनर घलेका अनुसार राष्ट्रिय पोशाक पर्वतारोहणका क्रममा लगाइने जम्पसुटको डिजाइनर संस्करण हो । शेर्पा बक्खुबाट प्रेरित भइ सेतो ब्रोकेडबाट एवेरेस्ट आउटफिटले सो जम्प्सुटको डिजाइन गरेको हो ।

‘मिस युनिभर्स नेपाल’की निर्देशक नग्मा श्रेष्ठका अनुसार समाजसेवी महावीर पुनको नेतृत्वमा नेपालको राष्ट्रिय अनुसन्धान केन्द्रले सो राष्ट्रिय पोशाकको कलात्मकतालाई आवश्यक मेकानिकल र प्राविधिक सहयोग गरेको छ ।

यसबाहेक, पोशाकमा शेर्पा समुदायलाई गहना र पोशाकमा रहेको कढ़ाईमार्फत पनि प्रतिनिधित्व गरिएको छ । हेडगेयर, अक्सिजन मास्क, कलर, ग्लोभज, र बुटहरूमा रहेको धातु र बहुमूल्य पत्थरहरु ३० बर्ष भन्दा बढी अनुभव भएका हस्तकलाकारहरुको मेहनत मिसिएको निर्देशक श्रेष्ठले बताइन् ।

गहनामा रहेका सबै धातुहरूमा २४ –क्यारेट सुनको जलप लगाइएको छ भने टर्केज पत्थरको सबै भन्दा बढि प्रयोग भएको छ ।

विश्व प्रसिद्ध ‘मिस युनिभर्स’को फ्रेन्चाइज नेपालमा भित्र्याएकी नग्माले सन् २०१७ को ‘मिस युनिभर्स’मा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक सहभागिता जनाएकी थिइन् ।

सन् २०१७, २०१८ र २०१९ मा नेपालले राष्ट्रिय पोशाकमा आफ्नो परम्परा र सम्पदा सम्बन्धी प्रदर्शन गरेको थियो । ती वर्षहरुमा ‘मिस यूनिभर्स नेपाल’का विजेताहरूले लगाएको डिजाइनर पोशाकहरू नेपाली आध्यात्मिकता र धार्मिकतामा आधारित थिए ।

यस वर्ष भने ‘मिस युनिभर्स नेपाल २०२०’ले हिमाल तथा हिमाल आरोहणमा आधारित राष्ट्रिय पोशाकका साथ नेपालको पहिचानलाई विश्वमाझ अझ बढी उचाइमा पुर्याइने विश्वास लिइएको छ ।

त्यस्तै, शीर्ष २१ स्थानमा अंशिकालाई सोझै प्रवेश गराउन भोटिङ लाइनहरू ‘मिस युनिभर्स’फाइनलको एकदिन अगाडि बिहान मे १६ सम्म गर्न सकिनेछ । ‘मिस युनिभर्स एप’ (एक भोट सित्तैमा) बाट वा खल्ती डिजिटल वालेट मार्फत नेपालबाट भोट गर्न सकिनेछ ।

विश्वका ७४ देशका सुन्दरीहरुमार्फत छानिने २१ ले पहिलो बन्नको लागि ‘मिस युनिभर्स’मा प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट क्रमशः १०, ५ हुँदै विजेता घोषणा हुनेछ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : २० बजे

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।

सिजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न

काठमाडौं– सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको

रुसको लेनिनग्रादमा रेल दुर्घटना, एक जनाको मृत्यु

मस्को– रुसको लेनिनग्रादमा आइतबार बिहान दुईवटा रेल आपसमा ठोक्किएर भएको

राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आइतबार स्वीकृत