अमेरिकामा पछिल्लो १५ दिनमा कोभिड सङ्क्रमण दरमा ४२ प्रतिशतले कमी | Khabarhub Khabarhub

अमेरिकामा पछिल्लो १५ दिनमा कोभिड सङ्क्रमण दरमा ४२ प्रतिशतले कमी


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन(एपी)- अमेरिकामा कोरोना सङक्रमित व्यक्तिको सङ्ख्या पछिल्लो दुई हप्तामा ४२ प्रतिशत कम भएको छ ।

यो अवधिमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्यु दर २२ प्रतिशतले घटेको छ । अमेरिकामा शुक्रबारसम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ३४ लाख ३० हजार ३४२ रहेको छ । हालसम्म कूल पाँच लाख ९८ हजार ७ सय ७० जनाको निधन भएको छ ।

न्यूयोर्क टाइम्स तथा सिडीसीले निकालेको तथ्याङ्क अनुसार बिहीबार २४ घण्टाको अन्तरालमा १३ हजार ४०९ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने ३८७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा हालसम्म दुई करोड ८२ लाख ७८ हजार ३९४ जना सङ्क्रमणपछि निको भएका छन्भने कूल पाँच लाख ९८ हजार ७७० जनाको निधन भएको छ ।

शुक्रबारको तथ्याङ्क अनुसार अमेरिकामा अहिले २१ हजार २२२ जना अस्पतालमा कोरोना सङ्क्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको सङ्ख्या पछिल्लो १५ दिनमा २३ प्रतिशतले घटेको छ । यहाँ हालसम्म ३० करोड ५६ लाख ८७ हजार ६१८ जनाले कम्तिमा एक मात्रा खोप लगाएका छन् ।

विश्वको पहिलो अर्थतन्त्रका रूपमा चिनिने अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४२.६ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको संख्या ५१.९ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ८ : ३५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई