भित्रियो यो वर्षको मनसुन, दिउँसो ‘भारी’ वर्षाको सम्भावना « Khabarhub

भित्रियो यो वर्षको मनसुन, दिउँसो ‘भारी’ वर्षाको सम्भावना


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपालमा यो वर्षको मनसुन भित्रिएको छ ।

मनसुन भित्रिएसँगै मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शुक्रबार बिहान नेपालको पूर्वी भेग हुँदै मनसुन भित्रिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन भित्रिएको सुरूवातबाटै यस वर्ष वर्षा हुन थालेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । मनसुनका कारण प्रदेश १, वाग्मती प्रदेशदेखि कर्णाली प्रदेशसम्मका पहाडी भेगमा ठूलो वर्षाको सम्भावना रहेको उनले जनाएका छन् ।

महाशाखाका अनुसार अहिले देशको पूर्वी  र मध्यभूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा  पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

आज दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भने ‘भारी’ वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो क्रम आइतबारसम्म कायम रहने भएकाले सतर्क रहन महाशाखाले विहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

‘देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी  प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ७ : ०५ बजे

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

पर्यटकको रोजाइमा सुनसरीको रास ताल

सुनसरी– सुनसरीमा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर

छोटकरीमा बुझ्नुहोस् बालेन सरकारका सय प्राथमिकताको सूची

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

भोजपुर– भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन्

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल