काठमाडौँ– विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३८ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ४१५ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ लाख २६९ पुगेको छ ।
कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख १४ हजार ७३२ जनाको मृत्यु भएको छ ।
यसैगरी ब्राजिलमा ४ लाख ८४ हजार ३५० जनाको मृत्यु भएको छ । दोस्रो लहरको अति प्रभावित मुलुक भारतमा ३ लाख ६७ हजार ९७ जनाको मृत्यु भएको छ ।
यस्तै रूसमा १ लाख २५ हजार ६७४ जना, बेलायतमा १ लाख २७ हजार ८८४ जना, फ्रान्समा १ लाख १० हजार ३४४ जना, इटालीमा १ लाख २६ हजार ९२४ जनाको मृत्यु भएको छ ।
यस्तै विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ११ हजार १६२ जना संक्रमित भएका छन् । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४५ हजार ३३६ छ । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा करिव ३५ हजारले धेरै हो ।
पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १५ करोड ९९ लाख ३३ हजार पुगेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या १७ करोड ६० लाख ३१ हजार ४८४ पुगेको छ ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड २२ लाख ९७ हजार ९०४ छ । यसमध्ये ८४ हजार १९१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रतिक्रिया