दाइजो नल्याएको भन्दै दुलहीमाथि कुटपिट, श्रीमान र ससुरा पक्राउ « Khabarhub

दाइजो नल्याएको भन्दै दुलहीमाथि कुटपिट, श्रीमान र ससुरा पक्राउ


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही-  दाइजो नदिएको भन्दै दुलही कुटपिट गरेको आरोपमा प्रहरीले सर्लाहीबाट श्रीमान र ससुरा दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का पीडितका श्रीमान जोगनारायण साह र ससुरा अनुपा साहलाई शुक्रबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी मदन कुँवरका अनुसार श्रीमान र ससुराको कुटपिटपछि घाइते भएकी अमृताले दाइजो सम्बन्धी कसुर तथा ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

गत वैशाख १३ गते महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ६ की २१ वर्षीया अमृता साहको जातीय परम्परा अनुसार जोगनारायणसँग विवाह भएको थियो ।

तर विवाहको केही समय नबित्दै दाइजो नदिएको भन्दै श्रीमानसहित घरका अन्य सदस्यहरूले अमृतामाथि कुटपिट गरेका थिए । अमृता घाइते भएकी थिइन् । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ८ : २० बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल