नेताको सुरक्षाका लागि जे पनि गर्न तयार छौँ, वैद्यलाई तुरून्त पक्राउ गरियोस् : बस्नेत « Khabarhub

नेताको सुरक्षाका लागि जे पनि गर्न तयार छौँ, वैद्यलाई तुरून्त पक्राउ गरियोस् : बस्नेत


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने धम्की दिएको भन्दै कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तुरून्त पक्राउ गरि कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार वाग्मती प्रदेशसभामा सम्बोधन गर्दै वैद्यले ओलीले सत्ता जोगाउन जे पनि गरिरहेकाले देश जोगाउन नाथुराम गोड्से बन्न आफू तयार रहेको  बताएका थिए ।

लगत्तै नेता बस्नेतले उनलाई तुरून्त पक्राउ गरि कारबाही नगरिए एमाले नेताको रक्षाका लागि कार्यकर्ता जे पनि गर्न तयार रहेको चेतावनी दिएका छन् ।

उनले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि मार्ने षडयन्त्र बनाएको हो भन्दै कांग्रेसलाई प्रश्न समेत गरेका छन् ।

‘माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? गान्धीका हत्यारा नाथुराम गोड्से बन्न तयात छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन् । यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ,’ बस्नेतले फेसबुकमा लेखेका छन्, ‘अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तीलाई सडकमै प्रतितोध गर्न सक्छन् । त्यस्तो अप्रीय घटना घटनु भन्दा अगाडी सरकार सचेत हुनु पर्दछ । के पी ओलीलाई मार्ने योजना बनाईरहँदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौँ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन् । मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन् ।’

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १० : ३५ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत