वैद्यको अभिव्यक्ति आपराधिक, फौजदारी कानून आकर्षित हुन्छ : एमाले « Khabarhub

वैद्यको अभिव्यक्ति आपराधिक, फौजदारी कानून आकर्षित हुन्छ : एमाले


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्ति अन्त्यन्त गम्भीर भएको जनाएको छ ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्नेबारे वैद्यले दिएको अभिव्यक्ति आपराधिक, अत्यन्तै आपत्तिजन र निन्दनीय रहेको जनाएका छन् ।

वैद्यको उक्त अभिव्यक्तिलाई एमालले फौजदारी कानून आकर्षित गर्ने खालको भएको ठहर गरेको ज्ञवालीले जनाएका छन् ।

‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ‘उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानून समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

शुक्रबार सांसद  वैद्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई यत्तिकै छोड्नु नहुने भन्दै नाथुराम गोड्से आवश्यक परेको बताएका थिए ।

काठमाडौं क्षेत्र नं. ४ क बाट काँग्रेसबाट निर्वाचित वैद्यले प्रधानमन्त्री ओलीले सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन उनका लागि कोही नाथुराम गोड्से बन्न पर्ने बताएका थिए । अरू कोही नबने आफू गोड्से बन्न तयार रहेको उनले बताएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १० : १८ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत