कोरोना नियन्त्रणका लागि नक्साङ्कन र अल्पकालीन योजना निर्माण | Khabarhub Khabarhub

कोरोना नियन्त्रणका लागि नक्साङ्कन र अल्पकालीन योजना निर्माण


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम (पूर्व)मा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि नक्साङ्कन र अल्पकालीन योजना निर्माण गरिएको छ ।

जिल्लामा कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न समस्या भएपछि नक्साङ्कन गर्नुका साथै योजना निर्माण गरिएको हो । नक्साङ्कन र योजना निर्माणका लागि यही जेठ १६ गते आशा परियोजनाका सामाजिक परिचालन अधिकृत केशवकुमार बिसीको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा स्वास्थ्यकर्मीसहित विभिन्न राजनीतिक दल, नेपाल शिक्षक महासङ्घ र कर्मचारी मिलान केन्द्रका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा योजनाकार रहनुभएको थियो । सो समितिले योजना निर्माण गरी जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)मा पेश गरेको छ ।

कार्यदलले तीन वटै गाउँपलिकामा पुगेर त्यहाँका स्थानीय तह र वडाका जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, सर्वसाधारण नागरिकलगायत सरोकारवालासँगको छलफल, अन्तरक्रिया र स्थालगत अध्ययनपछि प्राप्त तथ्याङ्कको आधारमा कोभिड-१९ नियन्त्रण नक्साङ्कन र अल्पकालीन योजना निर्माण गरेको कार्यादलका संयोजक विसीले बताए ।

नक्साङ्कन तथा योजनामा स्थानीय तह, डिसीसीएमसी र सरोकारवाला निकायले कोभिड नियन्त्रणमा गर्ने कामहरुको बारेमा उल्लेख गरिएको छ ।

योजना निर्माण गरी निष्कर्ष र सल्लाह सुझावसहित डिसीसीएमसीमा पेश गरिएको संयोजक विसीले बताए । डिसीसीएमसीको बैठकले कोभिड १९ नियन्त्रण नक्साङ्कन तथा प्रतिकार्य योजनालाई अनुमोदन गरेर कार्यान्वयनमा पनि लगिसकेको डिसीसीएमसीका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

यस्तै रुकुम पूर्वमा अक्सिजन प्लान्ट खरिदको लागि सङ्घीय सरकारसँग बजेटको माग गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाटै जिल्लामा अक्सिजन प्लान्ट खरिदको लागि सरकारसँग बजेट माग गरी पठाइएको हो ।

अक्सिजन प्लान्ट खरिदका लागि अर्थ मन्त्रालयमा रु २ करोड ५० लाख बजेट माग गरी पठाइएको प्रजिअ राईले बताउनुभयो । यस्तै अब जिल्लाको ३१ वटै वडामा कोरोना भाइरस सङ्क्रमण परीक्षणको दायरालाई बढाउने निर्णय पनि डिसीसीएमसीको बैठकले गरेको छ ।
रुकुम पूर्वमा कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिसकेकाले यसलाई नियन्त्रण गर्न ३१ वटै वडामा तीव्रगतिमा परीक्षणको दायरा बढाउने प्रमुख जिल्ला अधिकारी राईको भनाइ छ । यसको सहजीकरण जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर ओलीले गर्नेछन् । उनकै नेतृत्वमा वडास्तरमा कोरोना परीक्षण गरिने छ ।

यस्तै सबै वडामा वडाध्यक्षको संयोजकत्वमा कोभिड-१९ नियन्त्रण निगरानी समिति बनाउने निर्णय पनि डिसीसीएमसीले गरेको प्रमुख जिल्लाका अधिकारी राईले बताए । उनका अनुसार उक्त समितिमा वडा समस्यहरु, महिला स्वास्थ्य स्वयंसेविका, सम्बन्धित टोलका प्रधानाध्यापक, नजिकको प्रहरी, आमा समूहका प्रतिनिधि रहनेछन् ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १० : १० बजे

युक्रेनले युरोपेली कोषमार्फत ९० अर्ब डलरको अमेरिकी हतियार खरिद गर्ने जेलेन्स्कीद्वारा पुष्टि

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार युक्रेनले आफ्नो सुरक्षा ग्यारेन्टीको

भारतको आवश्यकतामा चीनले सहयोग गर्ने

नयाँ दिल्ली- चीनले भारतका तीन प्रमुख चिन्ताहरू – दुर्लभ खनिज

जेलको बासले रविलाई पुगेन भिटामिन ‘डी’, नख्खु पुगे डाक्टर

काठमाडौं– सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्ने

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही अगस्टको अन्त्यमा चीन

राजेन्द्र बजगाईं भन्छन्- सिग्नेचर गर्ने हो, उपसभामुखलाई हटाउने पक्षमै छौँ

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आफूहरू उपभामुख इन्दिरा रानामगरलाई