भारतमा ‘राधे’को कलेक्सन ६९ हजार रुपैंंयाँ « Khabarhub

भारतमा ‘राधे’को कलेक्सन ६९ हजार रुपैंंयाँ


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– अभिनेता सलमान खान स्टारर फिल्म ‘राधेः योर मस्ट वान्टेड भाई’ गत मे १३ मा पे पर भ्यू सर्भिस जी प्लेक्समा रिलिज भएको थियो । कोरोनाको दोस्रो लहरका कारण फिल्मले देशका थिएटरमा रिलिज हुने मौका पाएन ।

यद्यपि कोरोनाको संक्रमण दर घट्दै गएका कारण सरकारले लकडाउनलाई केही खुकुलो बनाउदै राज्यभर फिल्म हल खोल्न अनुमति दिएको छ । महाराष्ट्रका दुई फिल्म हलले ठूलो पर्दामा फिल्मलाई देखाइरहेको छ । जसमा मालेगाउँस्थित ड्राइव इन सिनेमा र अर्को औरंगाबादको खिनवासरा सिनेप्लेक्स छन् ।

फिल्मको वितरण कम्पनी जी स्टूडियोले सामाजिक सञ्जालमा केही तस्वीर शेयर गरेको छ । जसमा दर्शकहरु मालेगाउँको ड्राइभ इन सिनेमामा फिल्मको फाइदा उठाइरहेका छन् ।

समाचारअनुसार मालेगाउँको ड्राइभ इन सिनेमाले फिल्मका लागि दुई शो र खिनवासरा सिनेप्लेक्समा चार शो राखिएको छ ।

ड्राइव इन सिनेमाका मालिक तुषार तिसागेका अनुसार शुक्रबार साँझ ७ः३० को शोमा २२ दर्शकले कारमा बसेर र ४० दर्शकले कुर्सीमा बसेर फिल्म हेरेका थिए । तर ९ः३० को शोमा दर्शक नआएपछि शो रद्द गर्नुपरेको थियो ।

त्यस्तै खिनवासरा सिनेप्लेक्सका मेनेजर सुहास कोटेचाले शुक्रवारको चार शोमा २२ वटामात्र टिकट बिक्री भएको उल्लेख गरेका छन् ।

मालेगाउँको ड्राइव इन सिनेमाले शुक्रबार करिब ३ हजार ५ सय ९७ रुपैंयाँ ८७ पैसा कलेक्सन गरेको थियो । त्यस्तै औंगाबादको खिनवासरा सिनेप्लेक्सले २ हजार ४ सय २० रुपैंयाँ कलेक्सन गरेको थियो । फिल्मले शुक्रबार कुल कलेक्सन ६ हजार १७ रुपैंया ८७ पैसा गरेको थियो ।

प्रभु देवाको निर्देशन रहेको फिल्म त्रिपुराको तीन थिएटरमा मात्र रिलिज भयो । जसमा २ अगरतला र १ धरमनगरको थिएटर छन् । यी तीन थिएटरको आम्दानीलाई पनि जोड्ने हो भने फिल्मले हालसम्म ६९ हजार २ सय ६५ रुपैंयाँ ८७ पैसा कलेक्सन गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ७ : ४५ बजे

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा