दीपक मनाङे दुई दिन नबित्दै फेरि मन्त्री « Khabarhub

दीपक मनाङे दुई दिन नबित्दै फेरि मन्त्री


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङको सरकार ढालेर नयाँ बनाउने खेलमा निर्णायक भूमिकामा देखिएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) फेरि मन्त्री बनेका छन् ।

उनले गत बिहीबार मात्रै खेलकुद मन्त्रीबाट राजीनामा दिँदै एमाले नेतृत्वको सरकारको साथ छोडेका थिए । मन्त्री पदबाट राजीनामा दिएको ४८ घण्टा नबित्दै मनाङेले आज पुनः विनाविभागीय मन्त्रीका रूपमा सपथ लिएका हुन् ।

यसअघि पृथ्वीसब्बा गुरूङको मन्त्रिपरिषदमा मनाङे खेलकुद मन्त्री थिए । तर, आफू सामेल भएको सरकारका मुख्यमन्त्रीलाई मनाङेले बिहीबार विश्वासको मत दिएनन् ।

प्रदेश सभाबाट विश्वास गुमाएपछि मुख्यमन्त्री गुरुङ पदमुक्त भएको केही घण्टाभित्रै मनाङेले मन्त्री पदबाट राजीनामा दिएका थिए । यसअघि एमालेलाई समर्थन गरिरहेका उनले मन्त्री पदबाट राजीनामा दिएर विपक्षी गठबन्धनको बहुमत पुर्‍याउन सहयोग गरे ।

उनले विपक्षी गठबन्धनलाई समर्थन गरेसँगै आज प्रदेश प्रमुख सीताकुमारी पौडेलले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरिन् ।

पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि मनाङे निर्णायक थिए । बिहीबार अघिसम्म विपक्षी गठबन्धनसँग कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राजमोका दुई सांसद मात्रै साथमा थिए ।

६० सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ मत आवश्यक थियो । मनाङेले विपक्षी गठबन्धनलाई साथ नदिएको भए कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्न असम्भव देखिन्थ्यो ।

डेढ महिनाको अन्तरालमा तेस्रोपटक मनाङेले मन्त्रीको सपथ खाएका हुन् । आज मन्त्रीको सपथ खाए पनि उनको मन्त्रालय टुंगो लाग्न बाँकी छ । यसपाली उनले अघिल्लोभन्दा ‘मालदार’ मन्त्रालय ताकेका छन् ।

गुण्डा नाइकेको छवि बनाएका मनाङ्गे मनाङ प्रदेशसभा ‘ख’ बाट विजयी गण्डकी प्रदेश सभा सदस्य हुन् । उनले नेकपा (तत्कालीन वाम गठबन्धनमा एमाले) को समर्थनबाट २०७४ को प्रदेश सभा चुनाव जितेका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ९ : ५९ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने