दीपक मनाङे दुई दिन नबित्दै फेरि मन्त्री « Khabarhub

दीपक मनाङे दुई दिन नबित्दै फेरि मन्त्री


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङको सरकार ढालेर नयाँ बनाउने खेलमा निर्णायक भूमिकामा देखिएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) फेरि मन्त्री बनेका छन् ।

उनले गत बिहीबार मात्रै खेलकुद मन्त्रीबाट राजीनामा दिँदै एमाले नेतृत्वको सरकारको साथ छोडेका थिए । मन्त्री पदबाट राजीनामा दिएको ४८ घण्टा नबित्दै मनाङेले आज पुनः विनाविभागीय मन्त्रीका रूपमा सपथ लिएका हुन् ।

यसअघि पृथ्वीसब्बा गुरूङको मन्त्रिपरिषदमा मनाङे खेलकुद मन्त्री थिए । तर, आफू सामेल भएको सरकारका मुख्यमन्त्रीलाई मनाङेले बिहीबार विश्वासको मत दिएनन् ।

प्रदेश सभाबाट विश्वास गुमाएपछि मुख्यमन्त्री गुरुङ पदमुक्त भएको केही घण्टाभित्रै मनाङेले मन्त्री पदबाट राजीनामा दिएका थिए । यसअघि एमालेलाई समर्थन गरिरहेका उनले मन्त्री पदबाट राजीनामा दिएर विपक्षी गठबन्धनको बहुमत पुर्‍याउन सहयोग गरे ।

उनले विपक्षी गठबन्धनलाई समर्थन गरेसँगै आज प्रदेश प्रमुख सीताकुमारी पौडेलले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरिन् ।

पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि मनाङे निर्णायक थिए । बिहीबार अघिसम्म विपक्षी गठबन्धनसँग कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राजमोका दुई सांसद मात्रै साथमा थिए ।

६० सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ मत आवश्यक थियो । मनाङेले विपक्षी गठबन्धनलाई साथ नदिएको भए कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्न असम्भव देखिन्थ्यो ।

डेढ महिनाको अन्तरालमा तेस्रोपटक मनाङेले मन्त्रीको सपथ खाएका हुन् । आज मन्त्रीको सपथ खाए पनि उनको मन्त्रालय टुंगो लाग्न बाँकी छ । यसपाली उनले अघिल्लोभन्दा ‘मालदार’ मन्त्रालय ताकेका छन् ।

गुण्डा नाइकेको छवि बनाएका मनाङ्गे मनाङ प्रदेशसभा ‘ख’ बाट विजयी गण्डकी प्रदेश सभा सदस्य हुन् । उनले नेकपा (तत्कालीन वाम गठबन्धनमा एमाले) को समर्थनबाट २०७४ को प्रदेश सभा चुनाव जितेका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ९ : ५९ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा