शारीरिक कसरत गर्दा यी कुरा कहिल्यै नभुलौँ | Khabarhub Khabarhub

शारीरिक कसरत गर्दा यी कुरा कहिल्यै नभुलौँ


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानव जीवनको चौतर्फी विकासको लागि शारीरिक क्षमता अनुसारको सक्रियता वा कसरत आवश्यक हुन्छ । जसले मानिसलाई स्वस्थ राख्छ ।

शारीरिक कसरत भनेको उर्जा खपत गर्ने कुनै पनि किसिमको शारीरिक क्रियाकलाप हो । जुन शरीरका अंगहरुको हलचलका कारण उत्पन्न हुन्छ । शारीरिक निष्क्रियता विश्वमा मानिसहरु बिरामीको हुनुको प्रमुख कारणमध्ये चौथोमा पर्दछ ।

विभिन्न किसिमका विज्ञान प्रविधि, यातायात र जीवनशैलीले मानिसहरु दिन प्रतिदिन झन्–झन् निस्क्रिय हुन थालेका छन् । फलस्वरुप उच्च रक्तचाप, हृदयघात, मधुमेश, जीर्ण श्वासप्रश्वास दम, मुटुरोग र मोटोपना जस्ता जीवनशैलीसँग प्रत्यक्ष सम्बन्ध राख्ने खालका स्वास्थ्य समस्याहरु बढ्दैछन् ।

शारीरिक कसरत जुनै किसिमको भए पनि शरीरलाई स्वस्थ र बलियो रहनका लागि मद्दत गर्दछ । सामान्य किसिमको शारीरिक व्यायाम भन्नाले छिटो छिटो हिँड्ने, नाच्ने वा घरायसी कामकाज गर्नु आदि हो । कडा किसिमको शारीरिक व्यायाम भन्नाले दौड्नु, तीव्र गतिमा साइकल चलाउनु, पौडी खेल्नु र गह्रौँ सामान उठाउनु जस्ता कडा कार्यलाई बुझाउँछ ।

स्वस्थ रहनका लागि पर्याप्त मात्रामा शारीरिक कसरत हुनु त पर्छ नै तर पनि कति मात्रामा र कस्तो किसिमको शारीरिक कसरत गर्दा हामीलाई फाइदा पुग्छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । यदि हामीले आफ्नो शरीरअनुकुल शारीरिक कसरत गरेनौँ भने त्यसले लाभको साटो हानी पु¥याउने सम्भावना धेरै रहन्छ । शारीरिक कसरत गर्दा ध्यान दिनुपर्ने कुराहरु निम्नानुसार रहेका छन्-

शारीरिक कसरत गर्दा ध्यान दिनुपर्ने कुराहरु
– शारीरिक कसरत गर्नुभन्दा अगाडि विस्तारै सुरु गरी सुक्ष्म व्यायाम गर्नुपर्दछ । रोक्नु अगाडि पनि विस्तारै रोक्नुपर्छ ।
– सुरुमा एकै पटक धेरै कसरत गर्नु हुँदैन । अलिअलि गर्दै बिस्तारै आफ्नो लक्ष्य हासिल गर्नुपर्दछ ।
– कडा कसरत गर्ने व्यक्तिले आवश्यक मात्रामा पानी पिउने र पौष्टिक खोनकुराहरु खानुपर्दछ ।
– कडा कसरत गरिसकेपछि केही समय आराम गर्नु जरुरी हुन्छ ।
– दैनिक कम्तीमा आधा घण्टा पसिना आउने गरी हिँड्ने, व्यायाम गर्ने, खेलकुद र काम गर्ने गरेर शारीरिक सक्रियता कायम गर्ने ।
– गर्भवती, प्रसूति र शल्यक्रियापछि तथा मुटुसँग सम्बन्धित रोग भएका व्यक्तिहरुले शारीरिक कसरत गर्नु अघि अलि बढी सतर्कता र चिकित्सकको राय लिनु आवश्यक हुन्छ ।

साभार : ‘स्वास्थ्य खबरपत्रिका’बाट

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : १५ बजे

गगनमाथि संसद्‍बाटै रविको ‘बदला’

काठमाडौं – सहकारी ठगी आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि

लामिछानेको जवाफ- गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन 

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनै पनि सहकारीबाट

गगनप्रति रविको आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेलाई पनि नछाडौं

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा आफूमाथि

कृषि मन्त्रालय- यसवर्ष रासायनिक मलको अभाव हुँदैन, ढुक्कले खेती गर्नुहोस्  

काठमाडौं–  यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने

संसद्‍मा रविले भने : म बहुलाहा होइन

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायल गरेर प्रमुख