कतार प्रवेश गर्नेहरुका लागि आजबाट नयाँ स्वास्थ्य मापदण्ड लागू, यी हुन् जान्नै पर्ने कुरा | Khabarhub Khabarhub

कतार प्रवेश गर्नेहरुका लागि आजबाट नयाँ स्वास्थ्य मापदण्ड लागू, यी हुन् जान्नै पर्ने कुरा


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपालीहरुका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तब्य मानिएको कतारले आजदेखि आफ्नो मुलुक प्रवेश गर्नेहरुका लागि नयाँ नियम लागू गरेको छ ।

पछिल्लो समय कोरोना महामारी घट्दैन गएपछि कतार सरकारले नयाँ स्वास्थ्य मापदण्ड आजदेखि लागू गरेको हो ।

अब कतारले मान्यता दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएकाहरुले भने क्वारेन्टाइन बस्नु नपर्ने भएको छ ।

कस्तो व्यक्तिले क्वारेन्टाइन बस्नुपर्छ वा पर्दैन्?

कतारले मान्यता दिएको फाइजर बायोन्टेक, मोडर्ना, एस्ट्राजेनिका र जोनसेन एण्ड जोनसेन खोपको मात्रा पूरा गरी प्रमाणपत्र लिएकाहरुले क्वारेन्टिन बस्नु नपर्ने जनाइएको छ ।

तर कतारमा मान्यता प्राप्त नभएको कुनै पनि भ्याक्सिनको दुवै डोज (जस्तै सिनोफर्म,भेरासेल,कोविसिल्ड आदि) लगाइसक्नु भएको छ भने पनि १० दिन होटल क्वारेन्टाइन भने बस्नु पर्नेछ।

नेपाललाई कतारले हालसम्म पनि रेड जोनको सूचीमै राखेको हुनाले खोप नलगाई प्रवेश गर्ने नेपालीले १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने छ ।

यसरी कतार आउदा ७२ घन्टा अगाडिको पीसीआर रिपोर्ट भने अनिवार्य गरिएको छ। नेपालबाट कतार फर्कनु १२ घण्टा अगाडी एह्तेराज डट क्युएमा गएर आफ्नो यात्रा रजिस्टर गरेर मात्र प्रवेश पाइनेछ ।

माथि उल्लेखित खोपको मात्रा पूरा गरी प्रमाणपत्र लिएका व्यक्तिलाई भिजिट भिसा,पर्यटन भिसा र पारिवारिक भ्रमण गर्ने व्यक्तिहरुले पनि क्वारेन्टाइन बिनै सहजै प्रवेश पाउने छन् ।

कतारमा कोरोना संक्रमण भइ निको भएका १२ महिनाभित्र यात्रा गर्ने यात्रुले पनि क्वारेन्टिन बस्नु नपर्ने दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

यसैगरी कतारले अजैदेखि लागू हुने गरी महामारीका कारण मुलुक बाहिर फेसका वा विभिन्न समयमा छुट्टिमा गई ६ महिनाभित्र कतार फर्किन चाहनेलाई ‘इन्ट्री परमिट’ नचाहिने जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ९ : ३० बजे

कोशी प्रदेशमा रास्वपाको शक्ति कति ?

काठमाडौं- इलाममा बैशाख १५ गते सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर रवि

वामपन्थी पार्टीहरूबीच एकता आवश्यक : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

प्रधानमन्त्रीलाई रास्वपाका चार मन्त्रीको पत्र : हाम्रो सम्पत्ति विवरण सार्वजनिक गरिदिनू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा रहेका चारजना मन्त्रीहरूले आफ्नो सम्पत्ति

युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न राष्ट्रपति पुटिनको आदेश

काठमाडौं– रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको

सरकार बचाएर जाने पक्षमा एकीकृत समाजवादी, जथाभावी नबोल्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले तत्काल नेपका एमाले