कतार प्रवेश गर्नेहरुका लागि आजबाट नयाँ स्वास्थ्य मापदण्ड लागू, यी हुन् जान्नै पर्ने कुरा « Khabarhub

कतार प्रवेश गर्नेहरुका लागि आजबाट नयाँ स्वास्थ्य मापदण्ड लागू, यी हुन् जान्नै पर्ने कुरा


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपालीहरुका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तब्य मानिएको कतारले आजदेखि आफ्नो मुलुक प्रवेश गर्नेहरुका लागि नयाँ नियम लागू गरेको छ ।

पछिल्लो समय कोरोना महामारी घट्दैन गएपछि कतार सरकारले नयाँ स्वास्थ्य मापदण्ड आजदेखि लागू गरेको हो ।

अब कतारले मान्यता दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएकाहरुले भने क्वारेन्टाइन बस्नु नपर्ने भएको छ ।

कस्तो व्यक्तिले क्वारेन्टाइन बस्नुपर्छ वा पर्दैन्?

कतारले मान्यता दिएको फाइजर बायोन्टेक, मोडर्ना, एस्ट्राजेनिका र जोनसेन एण्ड जोनसेन खोपको मात्रा पूरा गरी प्रमाणपत्र लिएकाहरुले क्वारेन्टिन बस्नु नपर्ने जनाइएको छ ।

तर कतारमा मान्यता प्राप्त नभएको कुनै पनि भ्याक्सिनको दुवै डोज (जस्तै सिनोफर्म,भेरासेल,कोविसिल्ड आदि) लगाइसक्नु भएको छ भने पनि १० दिन होटल क्वारेन्टाइन भने बस्नु पर्नेछ।

नेपाललाई कतारले हालसम्म पनि रेड जोनको सूचीमै राखेको हुनाले खोप नलगाई प्रवेश गर्ने नेपालीले १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने छ ।

यसरी कतार आउदा ७२ घन्टा अगाडिको पीसीआर रिपोर्ट भने अनिवार्य गरिएको छ। नेपालबाट कतार फर्कनु १२ घण्टा अगाडी एह्तेराज डट क्युएमा गएर आफ्नो यात्रा रजिस्टर गरेर मात्र प्रवेश पाइनेछ ।

माथि उल्लेखित खोपको मात्रा पूरा गरी प्रमाणपत्र लिएका व्यक्तिलाई भिजिट भिसा,पर्यटन भिसा र पारिवारिक भ्रमण गर्ने व्यक्तिहरुले पनि क्वारेन्टाइन बिनै सहजै प्रवेश पाउने छन् ।

कतारमा कोरोना संक्रमण भइ निको भएका १२ महिनाभित्र यात्रा गर्ने यात्रुले पनि क्वारेन्टिन बस्नु नपर्ने दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

यसैगरी कतारले अजैदेखि लागू हुने गरी महामारीका कारण मुलुक बाहिर फेसका वा विभिन्न समयमा छुट्टिमा गई ६ महिनाभित्र कतार फर्किन चाहनेलाई ‘इन्ट्री परमिट’ नचाहिने जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ९ : ३० बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग