मनकामना स्मार्ट लघुवित्तको आइपीयो बाडफाँड, यसरी हेर्नुस नतिजा « Khabarhub

मनकामना स्मार्ट लघुवित्तको आइपीयो बाडफाँड, यसरी हेर्नुस नतिजा


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर बाँडफाँड भएको छ ।

आइपीओ बाँडफाँडमा गोलाप्रभाबाट ३६ हजार ३४९ जनाले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । जसमध्ये दुई भाग्यशालीले ११/११ कित्ता प्राप्त गरेका छन् ।

संस्थाका ७९ जना कर्मचारीले उनीहरुका लागि छुट्टाइएको ६ हजार ५८ कित्ता प्राप्त गरेका छन् । त्यस्तै ११ वटा म्युचुअल फण्डहरुले १९ हजार ४ सय ५० कित्ता शेयर प्राप्त गरेका छन् ।

संस्थाले असार १७ गतेबाट एक सय रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये कुल पुँजीको ० दशमलव ५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयरसिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १२ : ०५ बजे

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ

काठमाडौँ – नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बालाजु

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी