दीपकराज लेख्छन्– कठै ! ४ वर्ष लगाएर कस्तो संविधान बनाएछन् | Khabarhub Khabarhub

दीपकराज लेख्छन्– कठै ! ४ वर्ष लगाएर कस्तो संविधान बनाएछन्


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेता तथा निर्माता दीपकराज गिरीको सामाजिक सञ्जाल सक्रियता अन्य अभिनेता तथा अभिनेत्रीको भन्दा कम छैन् । उनी राजनीतिक, सामाजिक, खेलकुदलगायत सबै क्षेत्रप्रति सटिक प्रतिक्रिया दिन्छन् ।

यही क्रममा उनले सोमबार एक स्टाटस लेखे । यो स्टाटस सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गरेको प्रति लक्षित थियो ।

अदालतले आदेशमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नसमेत परमादेश दिएको छ । यही प्रसंगमा दीपकराजले फेसबुकमा एक स्टाटस लेखे ।

‘राष्ट्रपतिय प्रधानमन्त्रीद्वारा अदालतीय प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने संभावना । त्यसपछि फेरि कुरो उही । कठै ! ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन्’,’ उनले लेखेका छन् ।

उनको लेखाईबाट पनि संविधान र वर्तमान राजनीतिकप्रति दीपक सन्तुष्ट छैनन् भन्ने प्रष्ट पारेको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ३ : ०० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग