‘कान्स फेस्टिभल’मा बेलाले लगाइन् अनौठो नेकलेस « Khabarhub

‘कान्स फेस्टिभल’मा बेलाले लगाइन् अनौठो नेकलेस


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पेरिस(आजतक)– ‘कान्स फिल्म फेस्टिभल २०२१’को रेड कार्पेटमा सुपर मोडल बेला हदीदले सबैलाई चकित पारिन् । बेला फेस्टिभलको दोस्रो दिन एक दमदार र जोखिम पहिरनमा देखिइन् । धेरैको नजर उनको रुप भन्दा पनि उनले लगाएको गहनमा परेको थियो ।

बेलाले रेडकार्पेटमा सियापरेली कालो पहिरन लगाएकी थिइन् । उनको यो पहिरन भन्दा पनि उनले लगाएको नेकलेस हेर्नलायक थियो । उनले सुनका नेकलेस लगाएकी थिइन् । जुन नेकलेस फोक्सोको आकारमा थियो ।

२४ वर्षकी बेलाले डेनियल रोजबेरीको सियापरेलीको फल २०२१ कलेक्सनको नेकलेस लगाएकी थिइन् । जुन नेकलेस मानिसको फोक्सोबाट प्रभावित बनाएर निर्माण गरिएको थियो ।

सियापरेलीले यसलाई राइनोस्टोन्ससँग बनेको फोक्सोको नाम दिएको छ । बेलाको यो लुक्सको चर्चा अहिले विश्वभर छ । उनको रेड कार्पेटको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । बेला आफ्नो गम्भीर र फरक लुक्सका लागि चिनिन्छिन् ।

बेला फेस्टिभलको दोस्रो दिन फिल्म ‘एनिटी’को प्रदर्शनमा उपस्थित भएकी थिइन् । त्यही समयदेखि उनको पहिरन र गहनाको चर्चा सुरु भएको थियो ।

बेलाले जिन पल गलटाइरको गाउन लगाएकी थिइन् । योसँगै एक मोनोक्रम शेयर नकाब जोडिएको थियो । जसलाई उनले हल्टेर नेक स्टाइलमा आफ्नो घाँटीमा बाँधेकी थिइन् । बेलाले योसँगै हीराजडित एयररिङ र मुटु आकारको रुबी रिङ लगाएकी थिइन् ।

बेला सुपरमोडल जीजी हदीदको कान्छी बहिनी हुन् । उनकी आमा योलाण्डा पनि सुपरमोडल हुन् । बेलाको कान्छो भाइ अनवर हदीद पनि मोडलिङमा परिचित नाम हो ।
बेला कान्स लुक्सका अलावा आफ्नो सम्बन्धलाई लिएर पनि चर्चाको विषय बनिरहन्छिन् । हालै उनले आफ्नो कथित प्रेमी मार्क कलमेनसँग केही तस्वीर शेयर गरेकी थिइन् । मार्क कला निर्देशक हुन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : ०० बजे

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता