सर्वोच्चको फैसलापछि मनीषाको प्रश्न–निर्णय कसले कार्यान्वयन गर्छ « Khabarhub

सर्वोच्चको फैसलापछि मनीषाको प्रश्न–निर्णय कसले कार्यान्वयन गर्छ


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटन बदर गरेपछि राजनीतिक माहोल तातेको छ । यो माहोल सामाजिक सञ्जालमा उस्तै गरमागरम बनेको छ ।

अदालतको आदेशका पक्ष र विपक्षमा सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया आइरहेका छन् । यही परीप्रेक्ष्यमा बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाले ट्वीटरमा एक ट्वीट गरेकी छन् ।

‘अब कसले निर्णय लागू गर्नेछ ?’ उनले ट्वीट गरेकी छन् । उनको यो ट्वीट सर्वोच्च अदालतको आदेशप्रति लक्षित थियो भन्ने प्रष्ट बुझ्न सकिन्छ ।

मनीषा नेपाली राजनीतिमा पनि चासो राख्छिन् । जननिर्वाचित नेपालका पहिलो प्रधामन्त्री वीपी कोइरालाकी नातिनी मनीषाले ट्वीटरमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्न सरकारले गरेको निर्णयलाई समर्थन गरेकी थिइन् ।

उनको यो समर्थनप्रति नेपालमा स्वागत गरिए पनि भारतीय सञ्चारमाध्यमले तिखो आलोचना गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : २० बजे

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च