अमेरिका र चीनबाट खोप आएसँगै भोलिदेखि फेरि खोप अभियान, यी उमेर समूहका व्यक्ति प्राथमिकतामा  « Khabarhub

अमेरिका र चीनबाट खोप आएसँगै भोलिदेखि फेरि खोप अभियान, यी उमेर समूहका व्यक्ति प्राथमिकतामा 


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिका तथा चीनबाट कोरोना भाइरस विरुद्धको खोप आएसँगै भोलिदेखि फेरि मुलकभर खोप अभियान सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै लक्षित समूह छुट्याएर खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको हो । आज बसेको मन्त्रीस्तरको बैठकले थप खोप कार्यक्रम भोलिबाट नै सुरू गर्ने निर्णय गरेको हो।

मन्त्रालयले ५५ वर्ष र सो माथिका उमेर समुह तथा पहिलो डोज लगाएकालाई खोप लगाइने जानकारी दिएको हो ।

त्यसैगरी, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, यातायतमा कार्यरत, चालक र सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी सबै व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरूलाई प्राथमिकतामा राखिएको छ ।

यसैगरी ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका कोभिडविरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरुले अमेरिकाले उपलब्ध गराएको जोनसेन एण्ड जोनसेन खोप लगाउन पाउने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सो खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका (वर्ग क र ख), हाल नेपालमा बसोवास गरेका शरणार्थी, (यसअघिको अभियानमा खोप लगाउन छुटेका) स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई प्रदान गरिने छ ।

यस्तो छ सूचना

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : १५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी