काठमाडौँका पाँच केन्द्रबाट विद्यार्थीलाई खोप लगाइँदै | Khabarhub Khabarhub

काठमाडौँका पाँच केन्द्रबाट विद्यार्थीलाई खोप लगाइँदै


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परीक्षामा सामेल हुने त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालय विद्यार्थी आजबाट खोप लगाउन पाउने भएका छन् ।

बुधबार स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै परीक्षा दिइरहेका र दिने तत्काल परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो ।

मन्त्रालयको निर्णयपछि बुधबार नै स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप दिन भन्दै प्रदेश निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरिरहेको छ ।

काठमाडौँ उपत्यकामा बिहीबारबाटै विद्यार्थीलाई खोप दिन थालिएको छ । उपत्यकामा विद्यार्थीलाई खोपका लागि ५ वटा केन्द्र तोकिएको छ ।

जसपामा सिभिल अस्पताल (मीनभवन), नेपाल प्रहरी अस्पताल (महाराजगंज), सशस्त्र प्रहरी अस्पताल (बलम्बु), सैनिक अस्पताल (छाउनी) र राधास्वामी आइसोलेशन खोप केन्द्र (सामाखुसी) छन् ।

उक्त स्थानमा गएर विद्यार्थीले प्रवेश पत्र देखाएर खोप लगाउन सक्नेछन् । विद्यार्थीले खोप बिहीबार, शुक्रबार र शनिबारसम्म पाउँनेछन् ।

ती केन्द्रमा खोप कार्यक्रम १० बजेदेखि बेलुकी ४ बजेसम्म चल्नेछ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १२ : २२ बजे

सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर विदेशी पर्यटक घाइते

सोलुखुम्बु । सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर एक विदेशी पर्यटक

पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित

गलकोट (बागलुङ)- चाडपर्वको समयमा यसपटक पर्यटकको रोजाइमा बागलुङ पनि परेको

तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको

सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे

काठमाडौं- डीआरजे नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको आधिकारिक

यी प्रदेशमा आजै रातिदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको